सोमबार, साउन २३, २०७९

‘मोक्षभूमि’ मा प्रेम, यौन र संघर्षको साधना छ : केशव दाहाल

नेपाल समय  |  काठमाडौं, शनिबार, असोज २४, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज २४, २०७७, काठमाडौं

नेपाल समय

केशव दाहाल राजनीतिक अभियन्ता तथा लेखक हुन्। हाल उनी साझा पार्टीसँग आबद्ध छन्। यसअघि उनी बाबुराम भट्टराईको नेतृत्वमा गठित नयाँ शक्तिमा संलग्न थिए।

समसामयिक राजनीतिक घटनाक्रमबारे उनका टिप्पणी विभिन्न पत्रपत्रिकामा पढ्न पाइन्छ। दाहालको हालै ‘मोक्षभूमि’ नामक उपन्यास प्रकाशित भएको छ ।

उनको यो पहिलो साहित्यिक कृति हो। यसअघि  दाहालको ‘राजनीतिक पुस्तक नेपाली राजनीतिको पुनर्गठन’  प्रकाशित छ। मोक्षभूमिबारे दाहालसँग नेपाल समयले गरेको छोटो कुराकानी :

समसामयिक राजनीतिक विश्लेषण र साहित्य सिर्जना कुनचाहिँ सजिलो काम हो? 

कल्पना गरौं, चित्र बनाउन सजिलो होला कि, पियानो बजाउन? दुवै सजिलो काम हो। चित्रकारलाई चित्र बनाउन सजिलो। संगीतकारलाई पियानो बजाउन।

मलाई लाग्छ– संसारमा अप्ठ्यारो भन्ने कुनै काम छैन। सबै कुरा सजिलो छ। तर काम कसले गर्छ र काम गर्ने उत्प्रेरणा के हो त्यसले फरक पार्छ। महान् फुटबल खेलाडीलाई कविता लेख्न कति सकस होला, त्यति नै महान् कविलाई फुटबल खेल्न। 

जहाँसम्म राजनीतिक विश्लेषण र साहित्य सिर्जनाको कुरा छ, दुवै लेख्ने काम हुन्। दुवै पढ्ने काम हुन्। दुवै सिर्जनात्मक काम हुन्। दुवैमा आनन्दको गुप्त रसधारा छ।

यद्यपि राजनीतिक विश्लेषणमा तथ्य, सत्य र सन्दर्भहरु ज्यादा प्रभावशाली हुन्छन्। साहित्यमा कल्पना, सपना र भावधारा। राजनीतिक विश्लेषण सत्ता र शक्तिको विवेचना हो, साहित्य मान्छेको मन, गरिमा र गर्वको।

लेखक आफू र आफ्नो संसारप्रति इमानदार छ भने यी दुवै काम सजिला छन्। तर ऊ इमानदार भएन भने यी सजिला काम होइनन्। आफैंलाई ढाँट्न कहाँ सजिलो हुन्छ र? म यी दुवै काम गर्दा रमाउँछु। मज्जा लिएर गरेको कुुनै पनि काम मेरा लागि अप्ठ्यारो हुँदैन।

साहित्य सिर्जनामा आख्यान नै किन रोज्नुभयो?

मेरा लागि यो निकै कडा प्रश्न भयो। एउटा उपन्यास लेख्दैमा यस्तो प्रश्नको जवाफ दिनुपर्ला भनेर मैले सोचेकै थिइनँ। त्यसैले यो प्रश्नको खासै गतिलो उत्तर मसँग छैन।

एउटा कविलाई किन कविता नै लेखिस् भनेर सोध्नुभयो भने उसले के उत्तर देला? एउटा संगीतकारले आफ्नो संगीतप्रति दिने जवाफ के होला? बनावटी जवाफ दिन मसँग कुराहरु छन्।

जस्तो– साहित्यले मेरो मनलाई उद्वेलित गर्छ। लेख्दा मलाई मज्जा आउछ। यो मेरो साधना हो। म अम्मर हुन चाहन्छु। म समाजलाई योगदान गर्न चाहन्छु आदिइत्यादि।

सत्य के हो भने म किन लेख्छु भनेर मैले आफूलाई अहिलेसम्म सोधेकै छैन। सायद आफूले गरेका कामबारे कसैलाई उत्तर दिनु नपरोस् भनेर नै पो मैले लेखनलाई रोजेको हो कि? थाहा छैन।

इतिहासका प्रसंग समेटिएको ‘मोक्षभूमि’ लाई ऐतिहासिक उपन्यास भन्न मिल्छ? मिल्छ भने इतिहासलाई अख्यानीकरण गर्न कठिन भएन?

मैले भन्दै आइरहेको छु कि 'मोक्षभूमि' ऐतिहासिक उपन्यास होइन। यो पुरानो समयमा उभिएर बुनेको कथा हो। तर यो कथा सुन्ने र सुनाउने मान्छे भने यही समयका हुन्।

'मोक्षभूमि' ले हाम्रो सभ्यताको एउटा कालखण्डको सत्ता र सपनाको कुरा गर्छ। जहाँसम्म इतिहासलाई आख्यानीकरण गर्ने कुरा छ, यसमा म अलिक भिन्न सोच्छु।

मलाई लाग्छ– कथा र इतिहास फरक छ। कथा कथाजस्तै हुनुपर्छ, इतिहास इतिहासजस्तै। यसलाई मिसमास गर्नु हुँदैन। कथा र इतिहासलाई मिसमास गरेमा न त शुद्ध इतिहास रहन्छ, न त शुद्ध कथा। तेल र पानी मिसाएर कसरी काम चल्छ? इतिहास र कथामा शुद्धता चाहिँदैन? 

उसो भए ‘मोक्षभूमि’ कस्तो कथा हो?

यो मान्छेको कथा हो। यो समयको कथा हो। यो स्वतन्त्रता चाहनेको कथा हो। यो प्रेमको कथा हो। यो मोक्षको कथा हो। कसैले यसलाई राजनीतिक कथा भन्छ भने त्यो उसको कुरा हो। जसको मसँग कुनै जवाफ छैन। यो उपन्यास लेखिरहँदा मैले आफ्नो जात, धर्म, वर्ग, राजनीति सबै कुरा बिर्सिने प्रयत्न गरेको थिएँ।

यद्यपि मेरा लागि यो निकै कठिन काम थियो। राजनीतिक मिसनका लागि साहित्य रचना गर्ने साथीहरूले भन्नुहोला– सबै कुरा राजनीतिको वरिपरि घुम्छ।

तर म ठान्छु– सबै कुरा राजनीतिको वरिपरि घुम्दैन, सबै कुरा जीवनको वरिपरि घुम्छ। स्वयं राजनीति पनि जीवनको वरिपरि घुम्नुपर्छ। त्यसैले यो उपन्यासले राजनीतिको हैन, जीवनको कथा भन्छ।

उपन्यासमा मात्र मान्छे भएर मैले एउटा संसारको रचना गरेको छु, जहाँ जात, धर्म र वीर्यको श्रेष्ठतालाई इन्कार गरिन्छ। राजनीति नै लेख्नु थियो भने म उपन्यास किन लेख्थें? राजनीति नै लेखिहाल्थें नि।   

‘मोक्षभूमि’ यो शब्द झट्ट सुन्दा कुनै पौराणिक वा सनातन सन्दर्भसँग जोडिए जस्तो लाग्छ। खास के हो? 

‘मोक्षभूमि’ पौराणिक र सनातन कथामा आधारित छैन। यो मान्छेको सम्पूर्ण स्वतन्त्रता र गौरवको खोजी हो।

मैले यहाँ प्रयोग गरको मोक्ष त्यही सम्पूर्ण स्वतन्त्रताको अर्थमा लिइएको हो। भूमि त्यो सम्पूर्ण स्वतन्त्रताको आधार हो। जसलाई मैले मोक्षभूमिको नामले सम्बोधन गरेको हुँ।  

कतिपय उपन्यास केही समय चर्चामा रहेर हराउँछन्। ‘मोक्षभूमि’ ले नेपाली साहित्यमा कस्तो योगदान देला वा यसको महत्त्व पछिसम्म कसरी रहला जस्तो लाग्छ?

यो उपन्यास कति समय बाँच्ला? यसले के के उधुम गर्ला? मलाई थाहा छैन। मैले त्यो अपेक्षाबाट लेखेको पनि होइन। यो उपन्यासले पाठकलाई आनन्दको अनुभति दियो र जीवनका रहस्यसँग साक्षात्कार गरायो भने यो दीर्घजीवी होला। अन्यथा मान्छेलाई प्रभावित नगर्ने, फासफुसे कृति हराउनु नै बेस। अहिलेचाहिँ म पाठकको प्रतिक्रिया पर्खिएर बसेको छु।

यो उपन्यास नेपाली पाठकले किन पढ्नुपर्छ?

नेपाली पाठकले यही उपन्यास पढ्नुपर्छ भनेर म न त घमण्ड गर्न चाहन्छु, न त आह्वान। म रचनाहरू छनोट गर्ने पाठकको स्वतन्त्रताको सम्मान गर्छु।

खासमा यो उपन्यास बजारमा बेच्न राखिएको चाउचाउ किमार्थ होइन। त्यसैले यसको मिति एकदुई महिनामै सकिँदैन। अतः कुनै हतार छैन। यो कृति राम्रो छ भने बिस्तारै यसको सुन्दरता र सुगन्ध फैलिनेछ।

जहाँसम्म किन पढ्ने भन्ने प्रश्न छ, ‘मोक्षभूमि’ जीवनको स्वतन्त्रता, सपना र सत्ताको खोजी गर्ने दासहरुको कथा हो। यसले हाम्रो सभ्यताको एउटा खास कालखण्डको कुरा गर्छ। यसमा प्रेम, यौन, संघर्ष र मोक्षको साधना छ। कोही पनि प्रिय पाठकहरु यस्तो कथा पढ्न चाहनुहुन्छ भने कृपया ‘मोक्षभूमि’ पढ्नुहोस्। तपाईंहरूलाई अवश्यै मन पर्नेछ।

सम्बन्धित समाचार

केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ बजारमा 

 

 


प्रकाशित: October 10, 2020 | 02:40:00 काठमाडौं, शनिबार, असोज २४, २०७७

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प

शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

जनकपुरका पूर्वमेयर र पूर्वउपमेयरबाट ७ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा ७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ।

४५ दिनमा सकिएको थियो पहिलो प्रतिनिधिसभा निर्वाचन, नेकपाले ल्याएको थियो ४ सिट

विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो।

प्राध्यापक लोकराज बराल भन्छन्ः दोस्रो पुस्ताले शेरबहादुर, केपी ओली र प्रचण्डलाई रिप्लेस गर्नुपर्छ [अन्तर्वार्ता]

अहिलेको राजनीति दोस्रो पुस्ताका नेताहरूले सुधार्न अबको निर्वाचन (पार्टीको आन्तरिक र आमनिर्वाचन) मा एकदमै शक्तिशाली भएर आउनुपर्छ।

कोरोना उपचारका लागि टेकु पुगेका बिरामीलाई फिर्ता पठाउँदै अस्पताल

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो। नेपालमा कोरोनाको पहिलो र दोस्रो संक्रमितको टेकु अस्पतालमा नै उपचार भएको थियो।

परिवार वधको डरलाग्दो शृंखला: किन बढ्दैछ आफ्नैबाट असुरक्षा?

सम्बन्धका कारण पति–पत्नीको हत्या वा आत्महत्या मात्र नभएर पछिल्लो समय बढ्दै गएको परिवार वधकै कारक मनोसामाजिक समस्या भएको मनोविद् गोपाल ढकाल बताउँछन्।

ताइवानमा किन नजर लगाउँछन् चीन-अमेरिका?

रणनीतिक र व्यापारिक महत्त्वका कारण दुवै देश ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्।

थप समाचार

नेपाल समय
कला/साहित्य

‘बूढो समय’ लिएर आए बाबुराम

शनिबार राजधानीमा आयोजित कार्यक्रममा कृतिकार बाबुराम श्रेष्ठ ‘यात्री’, गीतकार डा. कृष्णहरि बराल, ज्ञानु अधिकारी, महेश पौड्याल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकापर्ण गरेका हुन्।
नेपाल समय
संगीत

परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा सोनाको तीज गीत

सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न पाएका महिलाहरुलाई खुलेर नाच्न आग्रह गरिएको छ।
नेपाल समय
रचना

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।
नेपाल समय
फिल्म

गुरुदत्त-वहिदा भेट र बहुचर्चित फिल्म 'प्यासा'का ती परिघटनाहरु

गुरुदत्तले सधैं आफूलाई अभिनेताको रूपमा कमै बताउने गरेका छन्। आफ्नै फिल्ममा उनी सधैं दोस्रो वा तेस्रो रोजाइमा हुन्थे।
नेपाल समय
कला/साहित्य

मेलिना राईको इन्गेजमेन्ट तोडियो

गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीबीचको इंगेजमेन्ट तोडिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना