आइतबार, असार १२, २०७९

स्रष्टाले किन विधा परिवर्तन गर्छ ?

ज्योति अधिकारी  |  काठमाडौं, शनिबार, असार ६, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

शनिबार, असार ६, २०७७, काठमाडौं

नेपाल समय

काव्य, आख्यान, निबन्ध र नाटक साहित्यका चारै विधा एकअर्कामा कमजोर छैनन्। कुनलाई कतिको प्रभावशाली बनाउने भन्ने स्रष्टाको क्षमताको विषय हो। चारै विधामा सफल हुने स्रष्टा विश्व साहित्यमै नगण्य छन्।

सबै विधा भाषामा लेखिन्छ। हरेक विधाका केही गुण नितान्त भिन्न छन्। कवितामा लय र भाव, आख्यानमा कथानक र पात्र, निबन्धमा भाव अनि नाटकमा अभिनय हुनैपर्छ। यहाँ उठाउन खोजिएको विषय स्रष्टाले किन विधा परिवर्तन गर्छ भन्ने हो।

केही साहित्यकार आफू स्थापित भइसकेको विधा छाड्दा हराएका छन् भने कतिपयचाहिँ नयाँ विधाबाट झन् स्थापित भएका छन्। कोही भने आफूले कलम चलाएको जुनकुनै विधामा सफल देखिन्छन्।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका काव्यकृति र निबन्ध उत्कृष्ट छन्। तर उनका उपन्यास र नाटकको चर्चा ज्यादै न्यून हुन्छ। देवकोटाले उपन्यास र नाटक लेखेको छु भन्न मात्र लेखेका थिए वा यी विधामा आफूलाई परीक्षण गर्न खोजेका थिए भन्नेचाहिँ अनुसन्धानकै विषय हुन सक्छ।

बालकृष्ण सम, भीमनिधि तिवारी, गोपालप्रसाद रिमाल, विजय मल्ल, पारिजात आदि पुराना पुस्ताका स्रष्टा पनि एकभन्दा बढी विधामा सफल थिए।

साहित्यिक अभिव्यक्ति आफूलाई जसरी व्यक्त गर्न सहज हुन्छ त्यसरी नै व्यक्त गर्नु स्रष्टाको व्यक्तिगत स्वतन्त्रता हो। त्यति हुँदाहुँदै पनि एउटा विधामा स्थापित भइसकेका स्रष्टा अर्काे विधामा आउँदा गुमनामजस्तै बन्न पुगेका छन्। यहाँ तिनै सबालमा केही स्थापित नेपाली साहित्यकारको विचार प्रस्तुत गरिएको छ। अर्थात् स्रष्टाले किन विधा परिवर्तन गर्छ?

कृष्ण धरावासी

लेखकले विधा परिवर्तन योजनाबद्ध रुपमा गर्दैन। हरेक विधाको आफ्नै विशेषता हुन्छ। कवितामा जुन अभिव्यक्ति प्रकट गर्न सकिन्छ, त्यही कुरा आख्यानमा प्रकट गर्न सकिँदैन। कवितामा अनुभूतिको प्रत्यक्ष अभिव्यक्ति हुन्छ। आख्यानमा अनुभूतिलाई प्रमाणीकरण गर्न अनेक प्रयास गरिन्छ।

लेखकको आफ्नो मनोविज्ञान हुन्छ। साहित्यिक विधाका पनि आफ्नै मनोविज्ञान हुन्छन्। लेखकमा आफ्ना अनुभूतिका तह हुन्छन्। लेखक आफ्नो मनस्थितिअनुसार विधा चयन गर्छ। लेखक होस् वा पाठक, गम्भीर प्रकृतिको मानिसले रोज्ने विधा र चञ्चल स्वभावका मानिसले रोज्ने विधा फरक हुन्छ।

कतिपय साहित्यकारको लेखन कविताबाट सुरु भएको हुन्छ। उनीहरु बिस्तारै आख्यान, निबन्ध र नाटकतर्फ लागेका हुन्छन्। काव्यबाट सुरु भएको लेखनलाई काव्यमै सीमित गर्न सकिएन त्यसरी नै साहित्यकारलाई पनि विधा परिवर्तनले आकर्षित गरेको हुनुपर्छ।

अहिले साहित्यकार लेखनलाई व्यावसायिक बनाउन चाहिन्छन्। लेखन व्यावसायिक बनाउन बजार र पाठकको रुचि हेरिन्छ। पाठकले जे चाहेका हुन्छन् त्यही विधा लेखिन्छ। नेपालीमा मात्र होइन, संसारभरिको अभ्यास यही हो।

अर्को कुरा पत्रकार पनि साहित्यकार भएका छन्। पत्रकारितामा भोगेका र ठोक्किन पुगेका विषयलाई समाचार र फिचर लेखनले मात्रै पूर्णता दिन सक्दैन। समाचारमा भन्न नमिल्ने र दिन नसकिने अभिव्यक्ति साहित्यमार्फत प्रकट गर्न सहज हुन्छ। त्यसैले पत्रकार साहित्यलेखनमा आकर्षित हुनु स्वाभाविकै हो।

म कविता लेखनबाट साहित्यमा प्रवेश गरें। समयक्रममा निबन्ध, समालोचना, कथा, उपन्यास हुँदै जीवनीतिर प्रवेश गरेको छु। मैले विधा परिवर्तन गर्दा लेखन व्यावसायिक भइसकेको थिएन। लेखेर पैसा कमाउने समय थिएन। नाम कमाउने समय थियो। नामले गर्दा नै म विभिन्न विधामा फड्किरहें। पाठकको आग्रह र रुचिका आधारमा मैले विधा परिवर्तन गरेको हुँ।

मानिस प्रशंसाको भोको हुन्छ। आलोचना मन पराउँदैन। त्यसैले मैले पनि पाठकको प्रशंसाको आधारमा विधा परिवर्तन गरेको हुँ। लेखकले जुन विधामा प्रशंसा पाएको हुन्छ, ऊ त्यसै विधामा कलम चलाउँछ र सफल पनि हुन्छ।

नेपालीमा धेरैजसो साहित्यकार आख्यान लेखनमा रमाइरहेका छन्। किनकि आख्यानका पाठक बढी छन्, बजार राम्रो छ। तर अहिले नेपाली लेखकले जबरजस्ती पाठकलाई आख्यान पढाइरहेका छन्। स्तरहीन आख्यान बजारमा आउँदा पाठकको रुचि घट्न सक्छ भन्ने कुरामा न त लेखकको ध्यान गएको छ न त प्रकाशकको।

२०३० को दशकमा नेपाली साहित्यमा कविताबाहेक अरु विधाको असाध्यै कम चल्ती थियो। जो पनि कवि हुन्थे। ४० को दशकसम्म पनि कविताकै चर्चा बढी थियो। उपन्यास लेखनमा खासखास स्रष्टा मात्र थिए। अहिले कवि सबै हराइसके। गजलकार, गीतकार छन्। कविहरु छैनन्, भएका पनि आख्यानमा फड्किएका छन्।

विधा परिवर्तनको कारण व्यावसायिक र व्यक्तिगत रुचि दुवै हुन सक्छ। जुन साहित्यकारले विधा परिवर्तन गर्छ, ऊ धेरै परसम्म जान सक्छ। साहित्यकार स्थापित हुने हो पाठकको रुचि केमा छ त्यसतर्फ अगाडि बढ्नुपर्छ। एउटै विधामा रहँदा सफल वा असफल के भएको हो, थाहा हुँदैन।

भुवनहरि सिग्देल

विधा परिवर्तनका दुई कारण छन्, आफूले लेखिरहेको विधाप्रति वितृष्णा हुनु र अरु विधामा पनि स्थापित हुन सक्छु भन्ने आत्मविश्वास हुनु। संस्कृतमा एउटा भनाइ छ, पद्य कवि गद्यमा गयो भने मर्छ। म पहिला पद्य लेख्न खुब रमाएँ। पछि आख्यान लेखें।

मलाई विधा परिवर्तन गरेपछि लेखन झनै राम्रो हुने विश्वास लाग्यो। जति बेलासम्म म पद्य साहित्य लेख्थें, मलाई कमैले मात्र चिन्थे। त्यसको दायरा सानो रहेछ। आख्यानमा लागेपछि मलाई धेरैले चिने। यसको दायरा फराकिलो रहेछ।

सबै साहित्यकारको चाहना आफ्नो लेखनले व्यापकता पाओस् भन्ने हुन्छ। त्यसैले कुन विधामा सफल हुन्छु भन्नका लागि पनि विधा परिवर्तन गर्नु जरुरी छ। उपलब्धि कहाँबाट कति प्राप्त हुन्छ भन्ने होइन सन्तोषको कुरा पनि हो। तर म कविता र उपन्यास दुवै विधामा सन्तुष्ट छु।

कविताका पाठक कम छन्। कविताका किताब सित्तैंमा बाँड्नुपर्ने अवस्था छ। छन्दको बजार खस्किएको छ। यस्ता कुराले कविहरुलाई वितृष्णा र कुण्ठा उत्पन्न हुन सक्छ। तर काव्यले बोल्ने अभिव्यक्ति अन्य विधाले प्रकट गर्न सक्दैन। गद्यले बोल्ने दायरा गद्यकै हुन्। विधा परिवर्तन गर्देमा साहित्यकार कमजोर हुँदैन, बरु उसको शक्ति बढ्न सक्छ। साहित्यकारलाई कुनै विधामा सीमांकन गर्न मिल्दैन।

सीमा आभास

एउटै विधामा टिकिरहन गाह्रो रहेछ। तर विधा परिर्वतन गर्नु ठूलो जोखिमको विषय हो। एउटा उपन्यास र कथाको किताब बराबरको अभिव्यक्ति एउटा कवितामा प्रकट हुन्छ।

मेराे एउटा कविता छ 'युद्ध संग्रहालय'। त्यसलाई लम्ब्याउँदा पूरै किताब बन्न सक्छ। तर एउटा कवितालाई एउटा किताब बनाउन सुहाउँदैन। कतिपय कुरा कवितामै समेट्दा भावक र पाठकले आनन्द प्राप्त गर्न सक्छ, न कि अन्य विधामा भन्दा।

लेखकका दुई कमजोरी छन्- एक, चाँडै चर्चित हुनुपर्ने हतार छ, त्यो मनोविज्ञानबाट हामी हुर्किएका छौं। अर्को, वित्तीय हिसाबले विधा परिवर्तनतर्फ आकर्षित हुने लहड छ। कविताभन्दा अरु विधाका पुस्तकको पारिश्रमिक बढी पाइने भएकाले त्यसतर्फ आकर्षित हुनु स्वाभाविकै हो।

मलाई पाठकले कविता मन पराउन छोडे भन्ने लाग्दैन। मैले पहिल्यै कथासंग्रह निकालेको छु। तर मलाई चिनाएको कविताले नै हो। तर त्यसमा टिकिरहन सकिनँ।

अहिले उपन्यासको पाण्डुलिपि तयार गरेकी छु। म एउटा विधामा मात्रै सीमित रहन्नँ। अरु विधामा पनि जान्छु।

एउटा कवि उपन्यासकार बन्न निकै कठिन रहेछ। कविता, आख्यान, निबन्ध र नाटक सबै भाषामै लेखिन्छ। एक विधामा प्रयोग गरिएको भाषा अर्को विधामा मिल्दैन। त्यसैले विधा परिवर्तन गर्दा भाषामा ध्यान दिनुपर्छ। लेखन सफल र असफल हुने त्यसैबाट हो।

लेखन तथा विधा परिवर्तनमा शक्ति र सीमाका कुरा एकदमै अमूर्त हुन्। यसबारे धेरै बहस भएका छन् तर सार्थक परिणाम आउन सकेको छैन। सत्य के हो भने उपन्यास लेख्न बसेको लेखकले उपन्यास नै लेख्न सक्यो भने शक्ति हुन्छ, उपन्यास बन्न सकेन वा उपन्यासको दायरामा परेन भने त्यसको सीमा हुन्छ।


प्रकाशित: June 20, 2020 | 06:45:00 काठमाडौं, शनिबार, असार ६, २०७७

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

तिलोत्तमा नगरपालिकाद्वारा सामुदायिक विद्यालयमा नि:शुल्क इन्टरनेट जडान

तिलोत्तमा नगरपालिकाले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०७९-८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख रामकृष्ण खाणले बिहीबार नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश अघिल्लो वर्षका पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ।

सुविना गिरी शंकास्पद मृत्यु प्रकरण : पोष्टपार्टम रिपोर्टले माइतीको दाबीलाई बल पुग्ने

सुविनाको पोस्टमार्टम रिपोर्टमा ‘प्रेसर ओभर नेक’बाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।

रवि लामिछानेको पार्टीले घन्टी चुनाव चिन्ह नपाउने!

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणासँगै घन्टी चुनाव चिन्ह प्रस्ताव गरेका रवि लामिछानेले उक्त चिन्ह नपाउने देखिएको छ।

स्वतन्त्र व्यक्तिको 'सफलता'बाट हौसिएर स्वतन्त्र पार्टी, पुरानालाई कति चुनौती?

रविकै भाषा अनुसार राजनीतिक फोहोर सफा गर्न हिलोमा छिरिसकेका छन्। अब राजनीति सफा गर्ने सन्दर्भमा हिलोसँगको पौठाजोरी र धुलोसँगको मुकाविला कसरी गर्लान्? त्यो समयसँगै खुल्दै जानेछ।

पाठ्यक्रमबारे समीक्षा गर्न त्रिविमा पाँच दिने कार्यशाला

पाठ्यक्रम समीक्षाको लागि ग्रामीण विकास केन्द्रीय विभाग त्रिविले कार्यशाला गोष्ठी आयोजना गरेको छ।

न्यायाधीशलाई १० करोड घुस दिन खोज्ने वकिल रुद्रप्रसाद आफैँ विवादको घेरामा

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्न ‘सेटिङ’को प्रयास गरेका वकिल रूद्रप्रसाद पोखरेलले न्यायाधीशसँगको टेलिफोन कुराकानी बाहिर ल्याएपछि उनीमाथि पनि आलोचना सुरु भएको छ।

'राष्ट्रिय स्वतन्त्र पार्टी'विरुद्ध स्वतन्त्रकै उजुरी

रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरुले उजुरी दिएका छन्।

माइग्रेनको समस्या भएकाहरूका लागि लाभदायक तीन योगासन

माइग्रेनको दुखाई कम गर्नका लागि औषधिहरू पनि छन्। तर, केही योगासन गरेर पनि माइग्रेनको दुखाइलाई कम गर्न सकिन्छ।

थप समाचार

नेपाल समय
रङ्गमञ्च

भारतीय रंगकर्मी अनुराधा मजुमदारको मुख्य भूमिकामा 'साबिती' नाटक मञ्चन हुँदै

थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ।
नेपाल समय
कला/साहित्य

नेपाली लेखक संघद्वारा ‘विशिष्ट लेखक पुरस्कार’ घोषणा

नेपाली लेखक संघको काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने एक जना स्रष्टालाई एक लाख राशिको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
नेपाल समय
फिल्म

तीन दशकअघि 'दिवाना'ले जन्माएको सुपरस्टार

अरमान कोहलीले छाडेको ‘दिवाना’ फिल्ममा पहिलोपल्ट इन्ट्री पाएका बलिउड वादशाह शाहरुख खानको फिल्मी किस्सा।
नेपाल समय
फिल्म

त्यसैले साउथ रिमेकको जादू चल्न छाड्यो बलिउडमा

अहिले भारतभरि साउथका स्टारहरू चर्को स्वरमा बोलिरहेका बेला तमिल–तेलुगु–मलयालम–कन्नडका ओरिजिनल सुपरहिट फिल्महरू हिन्दी शैलीमा हेर्दा के अनौठो होला भन्ने प्रश्न उठिरहेको छ।
नेपाल समय
कला/साहित्य

प्रज्ञाको कविता प्रतियोगितामा टीका आत्रेय प्रथम

बिहीबार सार्वजनिक नतिजाअनुसार आत्रेयको संकल्प शीर्षकको कविता प्रथम भएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना