आइतबार, असार १२, २०७९

सिर्जनाकी मनमौजी कादम्बिनी

ज्योति अधिकारी  |  काठमाडौं, शनिबार, जेठ ३१, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

शनिबार, जेठ ३१, २०७७, काठमाडौं

नेपाल समय

गीतकार शीतल कादम्बिनीलाई अहिले धेरैले ‘झुम्कावाली’ भनेर चिन्छन्। कारण– उनको पछिल्लो गीत ‘झुमा झुम्कावाली’ निकै रुचाइएको छ।

त्यसो त शीतलको पहिलो गीत होइन यो। उनका अरु गीत पनि लोकप्रिय छन्। ‘सिर्जना नै मेरो कर्म हो, सिर्जनामै बाँच्न सिकेकी छु,’ शीतल भन्छिन्। दुःख देखाउने कुरा हैन, आफैँमा अनुभूत गरेर त्यसबाट नवीन यात्राको तय गर्न सक्नुपर्छ भन्ने मान्यता राख्ने कादम्बिनी लकडाउनमा पनि सिर्जनाकर्ममा तल्लीन छिन् ।

गीत र गजल लेखाइमा नूतन शैलीको प्रयोग गर्न सक्ने शीतल चितवनकी हुन्। उनले लेखनको यात्रा तय गर्दै गर्दा नेपाली साहित्यमा गजल लेखनको बाढी आयो। २०६० को दशकमा आएको यो बाढीमा उनी पनि हेलिइन्।

२०६५ सालतिर काठमाडौं छिरेकी शीतल आफूलाई मनमौजी भन्न रुचाउँछिन् । भन्छिन्, ‘मेरो चाहनालाई कसैले छेकबार नगरोस्। लेखनकै सवालमा पनि मन लागे रातैभरि बसेर लेख्न सक्छु, मन लागेन भने एक–दुई वर्ष पनि नलेखी बसिदिन्छु । जे कुराले मेरो मन छुन्छ, त्यही लेख्छु। जुन सिर्जनाले पहिले आफ्नो हृदय पखाल्दैन, त्यो सिर्जनाले अरुलाई पनि छुन सक्दैन ।‘

स्कुले उमेरदेखि नै लेखनमा रुची भएकी शीतल रेडियो नेपाल सुनेर गीत लेखनमा प्रभावित भइन्। रेडियोमा क्षेत्रप्रताप अधिकारी, कालीप्रसाद रिजाल, राजेन्द्र थापा, रत्नशमशेर थापा, किरण खरेलजस्ता गीतकारहरुको गीत साह्रै सुन्दर लाग्थे उनलाई । मनमा जिज्ञासा उठ्थ्यो– यिनीहरुले के खाएर यति राम्रा गीत लेख्छन् होला, कस्ता होलान् ती मान्छेहरु । हामीजस्तै कि फरक ?

‘रेडियोमा सुनेका गीतको शब्दहरुलाई फालेर आफ्नै स्वरमा आफ्नै शब्दहरु बनाएर गाउने प्रयास गर्थें घरमा । मेरो मन राख्न भए पनि दिदीले गजब छ भनिदिनुहुन्थ्यो। त्यसपछि त के चाहियो र मलाई । फुरुक्कै भइहाल्थें । दिदीले हौस्याउँदा खतरै पो लेखेँ कि के हो भन्ने लाग्थ्यो,’ शीतल भन्छिन्। 

स्कुलका कार्यक्रमहरुमा उनी आफूलाई अब्बल नै सावित गर्थिन् । घरमा दिदीको र स्कुलमा शिक्षकहरुको प्रोत्साहन उनका लागि प्रेरणाको स्रोत बन्न पुग्यो लेखनका लागि ।
नेपालगञ्जमा रहँदासम्म लेखे पनि त्यसलाई व्यक्त गर्ने माध्यम पाइनन् ।

उनी ०५० को दशकमा फेरि चितवन फर्किन् । त्यतिबेला नेपालमा गजल लेखनको आधार निर्माण हुँदै थियो। चितवनमा पनि राम्रै माहोल थियो लेखनको। उनी त्यही माहोलमा भिज्न आइपुगिन् । गजलका कार्यक्रमहरुमा उपस्थिति जनाउन थालिन् ।

‘मानिसलाई कुन शब्द र कुन समयले माथि उठाउँछ भन्ने कसैलाई थाहा हुन्न । म नेपालगञ्ज नै हुन्थेँ भने आज गीतकार, गजलकार हुन्थेँ कि हुन्न थाहा छैन । तर आज यही लेखनले बाँच्न सिकाएको छ,’ शीतल भन्छिन् ।

‘कान्छी’ चलचित्रमा ‘कान्छी हे कान्छी’ बोलको गीत गाउने रामप्रसाद श्रेष्ठको आवाजमा पहिलो गजल रेकर्ड गराउन पाएकीमा फुरुङ्ग थिइन् शीतल। उनको पहिलो रेकर्ड भएको गजल यस्तो थियो ।

आधा घडा पानीजस्तै छल्क्यो जिन्दगी
पीडा पिई लड्खडाउन पल्क्यो जिन्दगी
बिहानी भई रमाउने रहरहरु थिए
तर आज पश्चिमतिर ढल्क्यो जिन्दगी

०६५ सालमा काठमाडौं आएपछि रेडियो नेपालबाट आयोजित राष्ट्रव्यापी गीत प्रतियोगितामा उनको गीत सर्वोत्कृष्ट भयो । त्यसले उनलाई झनै हौसला मिल्यो । लेखन नै जीवन हो भन्ने लागेपछि गीत लेखनलाई पनि व्यावसायिक बनाउन सकिन्छ कि भन्ने विचार पलायो। र, ०६६ सालबाट व्यावसायिक रुपमै गीत लेखनमा तल्लीन भइन् ।

कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ
समयले जवानी यो लुटेपछि आयौ

०६४ सालमा शीतल कादम्बिनीले लेखेको यो गजल खुबै चर्चित भयो। यसको पनि एउटा सुनौलो सन्दर्भ रहेछ ।

शिव परियार नेपाली गायन क्षेत्रमा भर्खर बामे सर्दै थिए । शीतल पनि चितवनमा बसेर गजल लेखनमा अगाडि आउने क्रममा थिइन्। गायनको सिलसिलामा शिव चितवन पुगेका थिए । त्यसै बेला शिव र शीतलको भेट भयो। विस्तारै दिदीभाइको जस्तो सम्बन्ध गाँसियो। केही समयपछि उनी काठमाडौं आइन्। काठमाडौंमा शिवसँग भेटघाट बाक्लियो।

एक दिन शिवले सँगै काम गर्ने रहर गरे। दुवैले रत्नपार्कमा बदाम खाँदै गीतको बारेमा छलफल गरे । शिवले शीतलको डायरीमा रहेका गजलहरु हेरे। डायरी पल्टाउने क्रममा एउटा गजलमा नजर गयो। त्यसबेला शिवले भनेको सम्झँदै शीतल भन्छिन्, ‘यो गीत हिट हुन्छ दिदी भनेको थियो शिवले। नभन्दै शिव ज्योतिष नै भएर निस्किएजस्तो लाग्छ । गीत श्रोताहरुले खुब मन पराइदिनुभयो ।’

त्यसपछि शीतलका गीत–गजलले चर्चा कमाउन थाले। अहिले उनी व्यस्त गीतकार तथा गजकारको रुपमा परिचित छिन् । एक हजारको हाराहारीमा गजल र त्यति नै संख्यामा गीत लेखिसकेकी छिन् । ‘झुमा झुम्कावाली, चल बतास चल अझै बेगले चल, धेरै चोटी मरें म त धेरै चोटी बाँचें, कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ आदि निकै मन पराइए।

नेपालगञ्जमा हुर्केकी शीतललाई त्यहाँको माहोलले हिन्दी तथा उर्दू साहित्यतर्फ आकर्षित गर्यो । पछि लेख्दै गर्दा भारतका विभिन्न ठाउँमा पनि कार्यक्रमको सिलसिलामा पुगेकी छिन् । भन्छिन्, ‘त्यहाँ मैले आफ्नो सिर्जना प्रस्तुत गर्दा हिन्दी तथा उर्दू साहित्यका दर्शक–स्रोताहरुले निकै मन पराइदिनुभयो । यसले थप हौसला मिल्यो ।’

साहित्य लेखनमा अध्ययनलाई महत्व दिनुपर्छ भन्ने मान्यता शीतलको छ। लेखेरै बाँच्न सकिन्छ भन्ने आत्मविश्वासले उनलाई यस क्षेत्रमा स्थापित गरिदिएको छ।

भन्छिन्, ‘साहित्य, कला भन्ने भन्ने कुरा कोमल भावनाको सबैभन्दा ठूलो बौद्धिक सम्पत्ति हो । क्षणिक चर्चाको लोभ गर्नेलाई बाँचिदैन भन्ने लाग्ला तर गीत र गजललाई नै कर्म ठानेर अघि बढे मान्छे बाँच्ने प्रशस्त सम्भावना छ । लेखन उत्ताउला कुराहरुको क्षणिक आवेग होइन । लेखनमा त जीवन्तता भेटिनुपर्छ, शब्दले सास फेर्न सक्नुपर्छ र आत्मा बनेर श्रोता र पाठकको हृदयमा बाँच्न सक्नुपर्छ । लेखकको काम भनेको आफ्नोमात्र कुरा लेख्ने होइन, समाजको आत्मा केलाएर समाजकै लागि लेख्ने हो। त्यो पनि समाजको कुरा ।’

०६६ सालपछि पूर्णकालीन लेखनमा लागेकी शीतललाई अहिलेसम्म आर्थिक समस्या भएको छैन ।

शीतल कादम्बिनीलाई व्यक्तिगत चर्चामा खासै विश्वास लाग्दैन । भन्छिन्, लेख्नेहरु पर्दापछाडिका हिरो हुन्, सिर्जनाले चर्चा कमाउनु भनेको लेखकको सफलता हो । हामीले राम्रो गर्न सकेनाँै भने हाम्रो सिर्जनाले कसरी चर्चा कमाउन सक्छ र ? म जहिले पनि मेरो कामलाई विश्वास गर्छु । त्यसैले म कामप्रति समर्पण हुन चाहन्छु, जसले भोलिका दिनमा चर्चा कमाउन सकोस् ।’

शीतल गीत र गजलमा त सफल छिन् नै । त्यो बाहेक उनको मोह कविता र उपन्यासमा पनि उस्तै देखिन्छ । उनी यतिबेला पहिलो उपन्यास बजारमा ल्याउने तर्खरमा छिन् ।

यतिबेला उनको हातमा उपन्यासको पाण्डुलिपी छ। सात वर्षअघि लेख्न सुरु गरेको गुरुङ जाति र संस्कृतिमा आधारित पुस्तक लगभग तयारी अवस्थामा पुगेको छ। यही वर्ष विमोचन गर्ने तयारीमा थिइन्। तर, लकडाउनले गर्दा उनीसँगै यो कृति पनि घरभित्रै थन्किएको छ।

उनका थुप्रै गीत र गजल पनि लकडाउनमा परेका छन् । कतिपय गीत लकडाउनले गर्दा रेकर्डिङ हुन नसकेको उनले सुनाइन्।

कोरोना भाइरसको जोखिमका कारण नेपालीहरुले लकडाउन भोगेको ३ महिना पुग्न लागिसक्यो। घरभित्रै थुनिएर बस्नुपर्दा धेरैलाई उकुसमुकस भएको छ। तर, शीतललाई भने लकडाउनले खासै फरक पारेको छैन। उनको दैनिकी सदाको जस्तै छ । लकडाउनमा उनका सिर्जनाहरु फुलिरहेका छन् ।

‘महामारीको पीडा छ, मन रमाउन सकेको छैन। तरपनि सिर्जनात्मक कार्यको पाटोमा भने सकरात्मक प्रभाव परेको छ । अन्य कार्यक्रमका लागि समय छुट्याउन नपरेकाले आफ्नो इच्छा बमोजिम काम गर्न पाएकी छु। यो समय त झन् शान्त छ। मन वशमा राख्न सक्ने हो भने परिस्थितिले फरक नपार्ने रहेछ,’ शीतलले सुनाइन् ।

‘धेरै चोटी मरेँ म त, धेरै चोटी बाँचेँ’ गीतकी सर्जक शीतल कादम्बिनी कोरोना महामारीबाट पनि बाँचिनेमा ढुक्क हुँदै भन्छिन्, ‘यो पनि ठिक हुनेछ। राम्रो समय आउनेछ।’


प्रकाशित: June 13, 2020 | 13:07:01 काठमाडौं, शनिबार, जेठ ३१, २०७७

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

तिलोत्तमा नगरपालिकाद्वारा सामुदायिक विद्यालयमा नि:शुल्क इन्टरनेट जडान

तिलोत्तमा नगरपालिकाले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै आर्थिक वर्ष २०७९-८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख रामकृष्ण खाणले बिहीबार नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश अघिल्लो वर्षका पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ।

सुविना गिरी शंकास्पद मृत्यु प्रकरण : पोष्टपार्टम रिपोर्टले माइतीको दाबीलाई बल पुग्ने

सुविनाको पोस्टमार्टम रिपोर्टमा ‘प्रेसर ओभर नेक’बाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए।

रवि लामिछानेको पार्टीले घन्टी चुनाव चिन्ह नपाउने!

राष्ट्रिय स्वतन्त्र पार्टी घोषणासँगै घन्टी चुनाव चिन्ह प्रस्ताव गरेका रवि लामिछानेले उक्त चिन्ह नपाउने देखिएको छ।

स्वतन्त्र व्यक्तिको 'सफलता'बाट हौसिएर स्वतन्त्र पार्टी, पुरानालाई कति चुनौती?

रविकै भाषा अनुसार राजनीतिक फोहोर सफा गर्न हिलोमा छिरिसकेका छन्। अब राजनीति सफा गर्ने सन्दर्भमा हिलोसँगको पौठाजोरी र धुलोसँगको मुकाविला कसरी गर्लान्? त्यो समयसँगै खुल्दै जानेछ।

पाठ्यक्रमबारे समीक्षा गर्न त्रिविमा पाँच दिने कार्यशाला

पाठ्यक्रम समीक्षाको लागि ग्रामीण विकास केन्द्रीय विभाग त्रिविले कार्यशाला गोष्ठी आयोजना गरेको छ।

न्यायाधीशलाई १० करोड घुस दिन खोज्ने वकिल रुद्रप्रसाद आफैँ विवादको घेरामा

व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्न ‘सेटिङ’को प्रयास गरेका वकिल रूद्रप्रसाद पोखरेलले न्यायाधीशसँगको टेलिफोन कुराकानी बाहिर ल्याएपछि उनीमाथि पनि आलोचना सुरु भएको छ।

'राष्ट्रिय स्वतन्त्र पार्टी'विरुद्ध स्वतन्त्रकै उजुरी

रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरुले उजुरी दिएका छन्।

माइग्रेनको समस्या भएकाहरूका लागि लाभदायक तीन योगासन

माइग्रेनको दुखाई कम गर्नका लागि औषधिहरू पनि छन्। तर, केही योगासन गरेर पनि माइग्रेनको दुखाइलाई कम गर्न सकिन्छ।

थप समाचार

नेपाल समय
रङ्गमञ्च

भारतीय रंगकर्मी अनुराधा मजुमदारको मुख्य भूमिकामा 'साबिती' नाटक मञ्चन हुँदै

थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ।
नेपाल समय
फिल्म

तीन दशकअघि 'दिवाना'ले जन्माएको सुपरस्टार

अरमान कोहलीले छाडेको ‘दिवाना’ फिल्ममा पहिलोपल्ट इन्ट्री पाएका बलिउड वादशाह शाहरुख खानको फिल्मी किस्सा।
नेपाल समय
फिल्म

त्यसैले साउथ रिमेकको जादू चल्न छाड्यो बलिउडमा

अहिले भारतभरि साउथका स्टारहरू चर्को स्वरमा बोलिरहेका बेला तमिल–तेलुगु–मलयालम–कन्नडका ओरिजिनल सुपरहिट फिल्महरू हिन्दी शैलीमा हेर्दा के अनौठो होला भन्ने प्रश्न उठिरहेको छ।
नेपाल समय
कला/साहित्य

प्रज्ञाको कविता प्रतियोगितामा टीका आत्रेय प्रथम

बिहीबार सार्वजनिक नतिजाअनुसार आत्रेयको संकल्प शीर्षकको कविता प्रथम भएको हो।
नेपाल समय
संगीत

'सान्‍नानी'बाट युट्युब ट्रेन्डिङमा आएकी लोकगायिका सरिता

गामठामका सीधासोझा युवतीलाई मायाजालमा फसाएर आफ्नो स्वार्थ पूरा गर्ने तन्नेरीहरूको हर्कतलाई सान्नानी गीतको भिडियोले पर्दामा उतारेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना