शुक्रबार, जेठ १३, २०७९

गोविन्दालाई काठमाडौंमा 'ज्वाईं' सम्मान

आइतबार आयोजित सिने सर्कल अवार्डका लागि परिवारसहित नेपाल आउने भनिए पनि छोरी टिना आहुजासँग काठमाडौं झरेका बलिउड नायक गोविन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनदेखि नै प्रफुल्लित मुद्रामा देखिन्थे। भक्तपुरकी सुनितासँग प्रेम विवाह गरेर नेपाललाई ससुराली बनाएका गोविन्दालाई अवार्ड आयोजकले समेत काठमाडौं बसाई क्रममा ज्वाईं सम्मान दियो।
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

काठमाडौं- आइतबार आयोजित सिने सर्कल अवार्डका लागि परिवारसहित नेपाल आउने भनिए पनि छोरी टिना आहुजासँग काठमाडौं झरेका बलिउड नायक गोविन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनदेखि नै प्रफुल्लित मुद्रामा देखिन्थे। भक्तपुरकी सुनितासँग प्रेम विवाह गरेर नेपाललाई ससुराली बनाएका गोविन्दालाई अवार्ड आयोजकले समेत काठमाडौं बसाई क्रममा ज्वाईं सम्मान दियो।

आइतबार अवार्ड सम्मानमा विशेष अतिथिका रूपमा आमन्त्रित गोविन्दा आकर्षणको केन्द्रमा थिए। उनलाई उपराष्ट्रपति नन्दकिशोर पुनले दोसल्ला ओढाई स्वागत गरे। ‘मलाई पहिलो प्रेम यसै भूमिबाट मिल्यो,’ गोविन्दाले ससुराली देशको तारिफमा शब्द खर्चिंदै भने, ‘माया र साहसका लागि नेपाल विश्वभर चिनिएको छ।’ मामा आनन्द सिंहकी साली अर्थात् पत्नी सुनीतालाई गोविन्दाले स्वास्थ्यका कारण अन्तिम समयमा घरमै छाडेर आउनुपरेको बताएका थिए।

सामान्य परिवारमा जन्मे, हुर्केका गोविन्दा कुनैबेला बलिउडका नम्बर एक हिरोमा पनि दरिए। सन् १९९९ मा बीबीसी न्युजले गरेको मत सर्वेक्षणमा गोविन्दा विश्वकै महान १० कलाकारभित्र परेका थिए। सन् १९८६ मा ‘इल्जाम’मार्फत् बलिउड डेब्यु गरेका गोविन्दा शुरुवातमा ‘एक्सन हिरो’का रूपमा चले। पछि उनले आफूलाई ‘डिस्को डान्सर’ हिरो हुँदै कमेडियनमा समेत सफलतापूर्वक ढाले।

उनी आफू मात्रै कमेडीमा ढलेनन्, सन् १९९० को दशकलाई नै बलिउडमा कमेडीको लहर फैलाउन अहम् भूमिका निर्वाह गरे। त्यसताका गोविन्दा यतिसम्म चले कि लगातार फ्लप फिल्म दिएर करिअर संकटमा रहेका महानायक अमिताभ बच्चनले समेत उनको फिल्ममा सहायक भई खेल्नुपरेको थियो।

‘कुनैबेला मैले एउटै समयमा ७५ फिल्मसम्म साइन गरें। पछि दिलिपकुमार सा’बले २५ वटा घटाउन भनेपछि तिनको पैसा नै फिर्ता गरिदिएको थिएँ,’ उनले भने । सन् १९८९ मा मात्रै गोविन्दाका १४ फिल्म रिलिज भएका थिए। लगातार हिट फिल्म दिएका उनी सन् २००० पछि केही सेलाएका थिए।
 

भक्तपुरकी सुनितासँग प्रेम विवाह गरेर नेपाललाई ससुराली बनाएका गोविन्दालाई अवार्ड आयोजकले समेत काठमाडौं बसाई क्रममा ज्वाईं सम्मान दियो ।


राष्ट्रिय सभागृहमा आइतबार आयोजित अवार्ड वितरण समारोह पनि पूरै गोविन्दामा घुम्यो। खासगरी, निर्देशक किशोर रानालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’को सम्मान दिन निम्त्याइएका थिए, गोविन्दा। तर, त्यसभन्दा बढी सम्मान उनी आफैंले पाए।

‘हेल्लो चिची’ अवार्ड दिन स्टेजमा उक्लिएका अभिनेता सुनील थापाले गोविन्दाको ‘निकनेम’ले सम्बोधन गर्दै भने, ‘गोविन्दाले मलाई देखेपछि अचम्म मान्दै मेरो गेटअप परिवर्तनबारे जिज्ञासा राखेका थिए।’ पछिल्लो पटक थापा बलिउड फिल्म ‘मेरी कोम’मा प्रियंका चोपडाको बक्सिङ कोचका रूपमा चिन्डो तालुसहित देखिएका थिए । अवार्ड वितरण समारोहमा भने सेतो फुलेको दाह्री र कपालमा झुल्किए।

नेपाली सेनाको लाइभ ब्यान्डले गोविन्दाका फिल्मका गीतमा धुन बजाएर सम्मान अर्पण गरेको थियो भने नृत्य निर्देशक गम्भीर विष्टले गोविन्दाकै हुलियामा उनका फिल्मी गीतमा नक्कल नृत्य पस्कँदा स्वयं गोविन्दाले हाँसो रोक्न सकेनन्।

‘मलाई धेरैले सुनाउँछन्, सर म तपाईंबाट एकदमै प्रभावित छु। त्यस्तै गर्ने कोशिस गरिरहेको हुन्छु। मलाई पनि धेरै ठाउँमा जाँदा गोविन्दा नजर आउँछ,’ गोविन्दाले भने। त्यसो त, अवार्ड दिन आएका संगीतकार टीका भण्डारीले समेत गोविन्दाको एक डान्स स्टेप देखाउन भ्याए।

गोविन्दालाई आयोजकले तारे होटेलमा राख्नेदेखि पशुपतिनाथ दर्शन र चन्द्रागिरी हिल्समा दृश्यावलोकनको अवसर जुटाइदियो भने सम्भवतः प्रधानमन्त्रीसँग दिवाभोज र राष्ट्रपतिसँग चिया भेट हुनेछ । त्यसपछि ससुराली देशको तीनदिने भ्रमण सकेर स्वदेश फर्किनेछन्।
 

गोविन्दालाई आयोजकले तारे होटेलमा राख्नेदेखि पशुपतिनाथ दर्शन र चन्द्रागिरी हिल्समा दृश्यावलोकनको अवसर जुटाइदियो भने सम्भवतः प्रधानमन्त्रीसँग दिवाभोज र राष्ट्रपतिसँग चिया भेट हुनेछ।


‘मेरो साथमा सुनीता रहिन्, त्यसैले मैले सफलता पाएँ। र, अहिले मेरो ससुराली पनि मेरो साथमा छ भन्ने थाहा पाएँ,’ गोविन्दाले उपस्थितलाई रिझाउन कुनै कसर छाडेनन्। आयोजकमार्फत् उनले आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘फ्राई डे’को प्रचार सामग्रीसमेत देखाउन भ्याए। 

समारोहमा अधिकांशले गोविन्दालाई ज्वाईं सम्बोधन गरिरहेका बेला नायिका निता ढुंगानाले भने भिनाजु भन्दा माहोल हाँसोमय बन्यो। पछि गोविन्दाले पनि आफ्नो मन्तव्यमा नेपाल आएर आफूले साली पनि पाएको ठट्टा गर्दै थपे, ‘अहिले मात्र होइन, म अरू देशको भ्रमणमा जाँदा पनि कतैबाट भिनाजु भनेको आवाज सुनें भने त्यो बोलाउने पक्कै नेपाली हो भन्ने लाग्छ। मेरो फस्ट लभ नेपाली युवतीसँग भयो। त्यसपछि त तपाईंहरूको पनि डर मान्नुपर्यो।’

गोविन्दामय देखिएको अवार्ड वितरण समारोहमा उनले लामो मन्तव्य राखे। राजनीतिमा समेत होमिएका गोविन्दाले ‘आज म भाषण गर्दिनँ’ भन्दै नेपाली फिल्मकर्मीका लागि बोले, ‘अहिले धेरै मेकरहरू पढेर आउनुभएको छ। कृपया तपाईंहरूले नपढी यस क्षेत्रमा आउनेलाई नहेप्नुहोला। बरु नपढी, कलाप्रतिको माया र केही गर्ने हुटहुटीले आउने तिनैले केही गरेर देखाउँछन्। उनीहरू जे गर्छन्, मनैदेखि ज्यान दिएर गर्छन्। मजस्तै, म पनि साधारण परिवारबाट आएर नम्बर एकसम्म बनें। त्यसैले मासुमलाई नहेप, के थाहा कुनै दिन ऊ गोविन्दा निस्कन सक्छ।’

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
संगीत

रामकृष्ण ढकालको नयाँ गीतको भिडियोमा गरिमा र दिपेश

गायक रामकृष्ण ढकालको आवाजमा रहेको ‘म हराएँ मनमनैमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
नेपाल समय
रङ्गमञ्च

सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

कलाकार सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ।
नेपाल समय
फिल्म

'चिसो मान्छे'को ट्रेलर सार्वजनिक, फिल्म असार ३ देखि

दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘चिसो मान्छे’को ट्रेलर रिलिज भएको छ।
नेपाल समय
रङ्गमञ्च

'कमेडी हब' लिएर आउँदै 'माग्ने बूढा'

हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बूढा’ले कमेडी शो ‘कमेडी हब’ निर्देशन गर्ने भएका छन्।
नेपाल समय
संगीत

नेपाली गायक सुमन शेखरको उर्दू गजल टी-सिरिजबाट सार्वजनिक

टी-सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना