सोमबार, असोज १७, २०७९

बसन्त बस्नेतको पुस्तक ‘७२ को विस्मय’ सार्वजनिक

पत्रकार तथा लेखक बसन्त बस्नेतको ७२ को विस्मय पुस्तक सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पुस्तक विमोचन भएको हो ।  कार्यक्रमका प्रमुख अतिथि एवम् नेपालका प्रथम राष्टपति डा. रामवरण यादव, राष्टिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्टिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्बाङ र लेखकले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् । 
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

पत्रकार तथा लेखक बसन्त बस्नेतको ७२ को विस्मय पुस्तक सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पुस्तक विमोचन भएको हो । 

कार्यक्रमका प्रमुख अतिथि एवम् नेपालका प्रथम राष्टपति डा. रामवरण यादव, राष्टिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्टिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्बाङ र लेखकले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् । 

कार्यक्रममा नेपालका प्रथम राष्टपति डा. यादवले लेखक बस्नेतले अत्यन्त मिहिनेतका साथ र पुस्तक लेखेको बताए । पुस्तकमा तथ्यगत विषय प्रशस्त रहेको र यो देश र मधेस बुझ्न उपयोगी हुने पनि उनले भनाइ छ । त्यसैले पुस्तक संग्रहणीय रहेको उनले बताए । साथै उनले फरक प्रसंगमा सबैको सहमतिमा नेपालको संविधान निर्माण भएको बताए । नेपालमा यति ठूलो परिवर्तन भएको र कसै गरी पनि सर्वस्वीकार्य संविधान आओस् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ छ ।

संविधान निर्माणका केही विधि र प्रक्रिया आफूलाई चित्त नबुझेको अवस्थामा समेत मधेसलगायत क्षेत्रका समस्या समाधानका लागि आफूले पहल गरेको उनले बताए । उत्तर र दक्षिणमा ठूलाठूला देश रहेको र उनीहरुले प्रशस्त विकास गरे पनि नेपाल भने कहिले राजा र कहिले दलीय राजनीतिमै मात्र सीमित रहेकोप्रति उनले चिन्ता व्यक्त गरे । साथै संविधानमा रहेको गुनासा र असन्तुष्टि बिस्तारै सम्बोधन हुँदै जानेमा आफू आशावादी रहेको उनको धारणा छ । 

राष्टिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले पुस्तकले ७२ सालमा घटेका घटनाका विषयमा लेखकले तटस्थता प्रस्तुत गरेको बताए । साथै सोधअनुसन्धान गरेर पुस्तक तयार पारेको देखिने उनको भनाइ छ । मधेस आन्दोलनका समयमा घटनालाई यथार्थपूर्ण किसिमले प्रस्तुत गरिएको पनि उनको भनाइ छ । 

मधेसमा भएको भेदभावको विरुद्धमा आन्दोलन भएको र त्यसलाई पुस्तकले उजागर गरेको उनले बताए । मधेसमा अझै पनि असन्तोष र असन्तुष्टि व्याप्त रहेको र यी विषयको समाधान नभएसम्म कुनै पनि समयमा त्यो विस्फोट हुन सक्ने उनको भनाइ छ । संघीयता आइसकेपछि पनि प्रदेशमा अझै केन्द्र सरकारको मनोमानी भएको उनले बताए । सहिद, आन्दोलनका घाइतेका परिवारले अझै पनि राहत पाउन नसकेको उनले बताए । 

त्यसका लागि सरकारले संविधान संशोधन गरी यसअघि भएका सम्झौता कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । पुस्तकले मधेस आन्दोलनलगायत सबै पक्षका विचार समेटिएको पनि उनले बताए । 

अहिले पनि मधेस केन्द्रीय शासनको उपनिवेशमा रहेको उनले बताए । त्यसैले यसबाट मधेस र मधेसीले मुक्ति खोजिरहेको उनले बताए । लोकतन्त्रमा मधेसका जनताले गोली खानुपरेको अवस्था रहेको र यसबाट मधेसीहरुले उन्मुक्ति खोजेको उनको भनाइ छ ।  

राष्टिय मानवअधिकार आयोगका प्रवक्ता अन्सारीले संविधान, नाकाबन्दी र भूकम्पको सेरोफेरोमा आधारित रहेर लेखिएको पुस्तकले तेस्रो मधेस आन्दोलनका तथ्यपूर्ण विषयलाई उजिल्याएको बताइन् । साथै आफूले दुईतीनपटक पुस्तक पढेकोसमेत उनको भनाइ छ । मधेसमा बस्ने जाति, समुदाय एवम् इतिहासको विषयमा बडो रोचक प्रस्तुति गरिएको उनले बताइन् । 

नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. भट्टराईले लेखकले जोखिमयुक्त विषयमा कलम चलाएको बताए । यस्तो गहन र वर्जित विषयमा कसरी हात चलाए होलान् भन्ने लागेको समेत उनको भनाइ छ । यति ठूलो संघर्षबाट ल्याइएको संविधान नेपालको एउटा ठूलो तप्का त्यसप्रति असन्तुष्ट रहेको उनको धारणा छ । 

नेपालका जातीय, क्षेत्रीय, महिलाको क्षेत्रमा, पिछडिएका पक्षमा बोल्नेहरुलाई अझै पनि डलरवादीको आरोप लाग्ने गरेको उनले बताए । त्यसैले यस्ता विषयमा सबै संवेदनशील हुनुपर्नेमा उनले जोड दिए । साथै लेखकले पुस्तकमा मधेस आन्दोलन, थारु आन्दोलन एवम् मुस्लिमहरुका विषयलाई समेत समेटेको उनले बताए ।

किताब पठनीय रहेको र धेरै तथ्यहरु यहाँ समेटिएको उनको भनाइ छ । साथै सबैलाई पुस्तक पढ्नसमेत उनले सुझाए । कार्यक्रममा उनले नेपालको विषयमा विषद् अध्ययन हुनुपर्नेमा समेत जोड दिए । नेपाल सबै किसिमको इन्द्रधनुषीको मिश्रणबाट बनेको देश भएको उनले बताए । नेपालमा दलित, उत्पीडित, दलित, जनजातिहरुका माग सम्बोधन नहुँदासम्म विकासको कल्पना गर्न नसकिने उनको भनाइ छ । 

त्यसैले उनीहरुका माग सम्बोधन गरेर संविधान सर्वस्वीकार्य बनाउनुपर्नेमा उनले जोड दिए । भारतले गरेको नाकाबन्दी कुनै पनि हालतमा राम्रो नरहेको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा आएका व्यक्तिलाई पनि संविधान निर्माणका समयमा आफूले यू आर टू लेट भनेर आफूले प्रतिक्रिया दिएको उनको स्पष्टोक्ति छ ।   

नेकपाका नेता तथा पूर्वसभामुख नेम्वाङले मधेस आन्दोलन, नाकाबन्दी र भूकम्पजस्तो महत्त्वपूर्ण विषयमा महत्वपूर्ण पुस्तक लेखेकोमा लेखकलाई बधाई दिए । पुस्तकमा संविधान, नाकाबन्दीका विषयमा उठेका अनेक शंकाउपशंका र मधेस आन्दोलका सूक्ष्म विषयलाई रोचक किसिमले प्रस्तुत गरिएको उनले बताए । भूकम्पले सबैतिर क्षति गरेको बेलामा छिमेकीले नाकाबन्दी गर्ला भन्ने आफूले कहिल्यै नसोचेको र अहिले पनि त्ययसमा विश्वस्त नरहेको उनको भनाइ छ । 

लेखकले भूकम्प, नाकाबन्दी, संविधान र मधेस आन्दोलनका घटनालाई सजीव रुपमा चित्रण गरेको पनि उनले बताए । यी सबै विषयमा सबै राजनीतिक दल र सबै नेता मधेस र मधेसीका मागप्रति संवेदनशील हुनुपर्नेमा उनले जोड दिए । पुस्तक सार्वजनिकीकरण कार्यक्रममा भएको उपस्थितिले नै पुस्तकको गहनतालाई प्रस्तुत गरेको रोचक प्रसंगसमेत उनले उठाए । समग्रमा पुस्तक ओजपूर्ण बनेको उनले बताए । 

संविधान समझदारीको दस्ताबेज हो । नेपालको संविधान बनाउन मधेस, आदिवासी, जनजाति, दलति, पहाडी आदि सबैको उत्तिकै महत्त्वपूर्ण योगदान रहेकोसमेत उनले बताए । 

कार्यक्रममा लेखक बस्नेतले आफूले कान्तिपुरमा रिपोर्टिङमा देखेका अनुभूतिलाई पुस्तकमा समेटेको बताए । पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो । मोटो गाता भएको पुस्तकको ६०० र पातलो गाता पुस्तकको ५५५ रुपैयाँ मूल्य छ। 

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
कला/साहित्य

संकटमा सखिया

'पहिले थारु समुदायमा पढाइ थिएन, सबै युवायुवतीहरु गाउँमा हुन्थे, दिनभर काम गर्ने बेलुका नाच्ने गरिएको थियो,'सुशील चौधरीले भने, 'अहिले अध्ययनका लागि कामका लागि सबै युवाहरु गाउँ बाहिर जान थालेका छन्। अर्को कुरा मनोरन्जनका विभिन्न साधनहरु पनि देखा परे। त्यसले मौलिक परम्पराहरु मासिने अवस्थामा पुगेका छन।'
नेपाल समय
फिल्म

९६ वर्षअघि महँगो फिल्म बनाएकी एसियाकै पहिलो महिला निर्देशक फातमा बेगम

एकातिर यो फिल्म पहिलो पटक महिलाले निर्देशन गरेको चर्चा भइरहेको थियो भने अर्कोतिर यसमा देखाइएको भीएफएक्सले पनि तारिफ पाइरहेको थियो।
नेपाल समय
कला/साहित्य

बडादसैं र मालश्रीको 'कनेक्सन'

६ वटा ऋतुका धुनमध्ये मालश्री एक हो, जसको मधुर आवाजले दसैं आएको आभाष दिलाउँछ ।
नेपाल समय
कला/साहित्य

सपना, संघर्ष र स्वाभिमानको कथा 'बुह्रान'

जातीय, भाषिक, क्षेत्रीय, लैंगिक, वर्गीय र सांस्कृतिक विभेदविरुद्ध लेखिएका विरलै उत्कृष्ट कृतिहरू मध्ये एक हो बुह्रान।
नेपाल समय
कला/साहित्य

एउटा गहिरो सागरको छाललहर [निबन्ध]

मानिस, ढुंगाहरुको भिडमा ढुँगै त हो। आसुको थोपामध्ये एक बुँद। आकाशमा एउटा शून्यता थामेर उभिएको एक टुक्रा आकाशै त हो मान्छे। विशाल गोदाम भित्र कतै कुनामा छुटेको एउटा धानको बियाँ त हो मानिस। तोरीको एउटा गेडा त हो, कोलमा पेलिनबाट छुटेको।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना