काठमाडौं- कान्तिपुर दैनिकका सहायक सम्पादक श्रीश भण्डारीले ‘अठोट’ पुस्तक बजारमा ल्याएका छन्। दी इटर्नल पब्लिकेसनले बजारमा ल्याएको यस पुस्तकमा कुनै पनि व्यक्ति जीवनमा कति सफल वा असफल हुन्छ भन्ने तथ्य ऊ बाल्यावस्था र किशोरावस्थामा कसरी हुर्किएको छ भन्ने कुरालाई समेटिएको छ।
‘अठोट’ पुस्तक पढेर बालबालिका र किशोरकिशोरीले कलिलो उमेरमै आफूलाई कसरी सही बाटोमा अग्रसर गराउने भन्ने निक्र्योल गर्न सक्नेछन् भन्ने लेखकको विश्वास छ।
खासगरी माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीले, शिक्षक, अभिभावक र सकारात्मक सोच राख्न चाहने अन्य जोसुकैका लागि उत्तिकै उपयोगी हुने बातइएको छ।
१६० पृष्ठको पुस्तकको मुख्य अभिप्राय नै विद्यार्थीले हासिल गर्ने शिक्षाको नतिजा अब ग्रेड र प्रतिशतमा मात्र हैन, वास्तविक जीवनका यथार्थहरूमै झल्किनुपर्छ भन्ने हो।
पाठकहरूलाई लेखक भण्डारीको आग्रह गरेका छन्, ‘तपाईंहरूले यो किताबलाई सरसर्ती मात्र पढ्नुभयो भने भुल्न सक्नुहुनेछ । राम्ररी पढ्नुभयो भने पछिसम्मै याद रहनेछ । ह्दयले महसुस गर्नुभयो भने मात्र आफ्नो जीवनमा उतार्न सक्नुहुनेछ । अब के गर्नुहुन्छ, त्यो तपाईहरूकै जिम्मा।’
‘अठोट’ अहिलेको बाल पुस्तालाई भविष्यमा एक आदर्श पुस्ता बन्न उत्प्रेरणा जगाउने नेपाली भाषामा प्रकाशित गहकिलो पुस्तक भएको प्रकाशन पक्षको दाबी छ। रोचक कथाहरू र विश्वका महान् व्यक्तिहरूका उद्धरण समेटिएको यो पुस्तक निबन्धात्मक शैलीमा छ।
यसमा हामी कसरी खुशी रहने, कामहरू गर्दा कसरी प्राथमिकता तोक्ने, स्मरणशक्ति कसरी बढाउने, जंक फुडको बानी कसरी छुटाउने, रिसाउने आदत कसरी हटाउने र आत्मविश्वास कसरी जगाउने भन्ने विषयहरू रोचक शैलीमा पढ्न पाइन्छ।
पुस्तकमा सिकाइ शैली, परीक्षाको तयारी, कुलतबाट जोगिने तरिका, नयाँ साथी बनाउँदा ख्याल राख्नु पर्ने कुराहरू, डर भगाउने उपाय र पढाइमा रुचि जगाउने तौर तरिका पनि छन् । पुस्तकमा उद्धरण गरिएका संसारका २८ महान् व्यक्तिहरूको संक्षिप्त परिचयसमेत समेटिएको छ ।