काठमाडौं-राजधानीको सर्वनाम थिएटरमा सोमबार स्वर्गीय कवि हरिभक्त कटुवालको ८३औं जन्म दिवस मनाइएको छ ।
कटुवालको रचना रहेका दुई गीत गाएर 'अनि हरिभक्त फर्किएनन्' कार्यक्रमको घुम्टो उघारिएको थियो । २ जुलाई १९३५ (१८ असार १९९२) मा भारतको आसामको ख्वाङ गेरगेरीमा जन्मेका थिए, कटुवाल ।
जीवनको अमूल्य समय उनले नेपालमा बिताए । ०२६ सालमा नेपाल आएका उनी ०३७ सम्म यतै बसे । जीवनको उत्तराद्र्धमा आसाम फर्किएका कटुवालको २५ भदौ ०३७ मा ४५ वर्षकै अल्पायुमा क्षयरोग र अल्सरका कारण उतै मृत्यु भयो ।
उनले नेपाली साहित्यलाई दिएको योगदानभन्दा उनको रक्सीको लतको चर्चा बढी भयो । कटुवालसँग लामो संगत गरेकी आख्यानकार माया ठकुरीको भनाइमा नेपाली साहित्यमा उनको योगदान अतुलनीय छ ।
स्वर्गीय अम्बर गुरुङको कालजयी संगीत र नारायणगोपालको कर्णप्रिय स्वरमा रेकर्ड भएका कटुवालका गीत सदाबहार बनेका छन् ।
स्वर्गीय कटुवालमाथि शोध गरिरहेका युवा कवि तथा रंगकर्मी पुरू लम्सालले तयार पारेको वृत्तचित्र कार्यक्रममा प्रदर्शन गरिएको थियो ।
'मलाई नसोध कहाँ दुख्छ घाउ', 'डाली डाली फूल फुल्यो', 'मेरो आँखामा राख्ने'जस्ता चर्चित गीतका रचियता हुन्, कटुवाल । 'भित्रीमान्छे बोल्न खोज्छ' कविता संग्रह, 'सम्झनामा गीत संग्रह', 'सुधा' खण्डकाव्य, 'पूर्व किरण' कविता संग्रह र 'यो जिन्दगी खै के जिन्दगी ?' जस्ता कृतिहरू प्रकाशित छन् ।