सोमबार, साउन ३०, २०७९

लोकभाषी पुस्तक फातसुङ सार्वजनिक

नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको उपन्यास फातसुङ सार्वजनिक भएको छ। काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, युवा लेखक भूषिता वशिष्ठ र उपन्यासकार काविमोले सार्वजनिक गरे। भाषाका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूभिमा उपन्यासको कथा बुनिएको छ। काविमोले नेपाली भाषाका लागि सन् २०१८ को युवा अकादमी पुरस्कार प्राप्त गरेका छन्।
नेपाल समय  |  काठमाडौं, आइतबार, पुष १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुष १६, २०७४, काठमाडौं

काठमाडौं – नेपालीभाषी भारतीय लेखक छुदेन काविमोको उपन्यास फातसुङ सार्वजनिक भएको छ। काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, युवा लेखक भूषिता वशिष्ठ र उपन्यासकार काविमोले सार्वजनिक गरे। भाषाका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूभिमा उपन्यासको कथा बुनिएको छ। काविमोले नेपाली भाषाका लागि सन् २०१८ को युवा अकादमी पुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रममा वशिष्ठले पुस्तकले आफ्नो बाल्यकाल सम्झाएको बताइन्। उनले भाषा जातीयताको पहिचान रहेको र फातसुङले त्यसलाई प्रस्ट्याउने उनको भनार्इ छ। तिनले मात्र क्रान्ति गर्न सक्छन्, जोसँग पेट छैन भन्ने दृष्टिकोणलाई समेत पुस्तकले उजागर गर्न खोजेको उनले बताए। जुन क्षेत्रमा निजी सम्पत्तिको प्रभाव परिरहन्छ, त्यति बेलासम्म क्रान्तिले पूर्णता नपाउने पनि उनको भनाइ छ। उनले भनिन्, ‘भाषा र क्रान्तिको सम्बन्ध धेरै गहिरो छ। राजनीतिक चेतनाको सूत्रधार हो, भाषा। र कतिपय अवस्थामा जनताको राजनीतिक चेतना अपूर्ण रहेकै कारण क्रान्ति तुहिएका छन्। त्यसैले गर्दा फातसुङ जस्ता लोकभाषी पुस्तकको महत्ता दूरगामी छ।’

पुस्तकमा ठेट भाषाले महत्व पाएको छ। भाषामा समृद्धिका लागि फातसुङ जस्ता पुस्तकले महत्वपूर्ण योगदान दिन सक्ने उनले बताइन्। यसले लोकभाषालाई जीवन्त राख्न पनि सघाउने उनको भनाइ छ। यो पुस्तकले त्यस्तो कथा बोक्छ, जसले धारा १४४ र गाउँमा आउने धाराको फरकपन छुट्याउन सक्दैनन्, उनले भनिन्। 

अर्का वक्ता संग्रौलाले सानो कलेवरमा आएको यो पुस्तकले धेरै ठूलो कथा बोकेको बताए। साथै दार्जिलिङको माटोको कथालाई जीवन्त रुपमा देखाएको उनको भनाइ छ।   

‘यो पुस्तकमा बोल्न नपरेको भए, म आज अपरेसन थिएटरमा हुने थिएँ,’ संग्रौलाले भने, ‘तर पुस्तकमा बोल्नुपर्ने भएपछि मैले सोमबारलाई अपरेसनको समय मिलाएँ।’ यसबाट पनि यो पुस्तकको महत्ता बुझ्न गाह्रो छैन। दार्जिलिङको कथा बोके पनि यो उपन्यासले नेपालको अवस्थालाई समेत बुझ्न सघाउने संग्रौलाको भनाइ छ। 

सानो समुदाय, लेप्चा यो पुस्तकको नायक हो। नेपालमा राजनीतिक क्षेत्रमा चटके रहे जस्तै गोर्खाल्यान्ड आन्दोलनमा पनि त्यस्ता पात्र रहेको उनले बताए । पुस्तकले यहाँका पात्रहरुको पहिचानलाई पनि उत्तिकै प्राथमिकतासाथ समेटेको उनको भनाइ छ। यहाँ ठूलो पात्र अर्थात् गोर्खाल्यान्डको नेतालाई मात्र प्राथमिकता दिइएको छैन। 

उनले भने, ‘छुदेन काविमोको फातसुङ गोर्खाल्यान्ड आन्दोलनका रक्तरञ्जित सपनाहरुको कारुणिक र त्रासद अभिलेख हो। आकारमा सानो, अर्थमा ठूलो आम मानिसको एक जीवन्तकथा। सरल वृत्तान्त र चित्रमयभाषाको सुन्दर समिश्रण। रुचिकर र आनन्दमयी।’

लेखक काविमोले उपन्यासको पृष्ठभूमिबारे यसरी बताए, फातसुङ दार्जिलिङको कथा हो। १९८६ मा पहिलो चोटि अलग राज्यको माग गर्दै दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन भएको थियो । त्यस आन्दोलनमा सयौं मान्छे मारिए। त्योभन्दा ठूलो कुरा हजारौं मान्छेको सपना भत्काइयो। फातसुङ त्यही सपनाहरुको कथा हो। १९८८ सालमा गोर्खाल्यान्ड आन्दोलन दार्जिलिङ गोर्खा हिल काउन्सिलसँगको सम्झौतामा पुगेर टुङ्गियो, त्यसपछि जुन राजनीतिक संस्कार दार्जिलिङमा सुरू भयो, त्यो निकै भयानक छ अनि म त्यही राजनीतिक संस्कारबीच हुर्किएको मान्छे हुँ। यो कथा त्यही समाजको कथा हो । ‘नेप्टी चेप्टी दार्जिलिङ कस्तो छ? दार्जिलिङ सहर बत्तीको लहर वैकुण्ठ जस्तै छ।’ के आजको दार्जिलिङ यो गीत जस्तै छ ता? वा दार्जिलिङको कथा अरु नै केही छ ता? त्यही देखाउने कोसिस उपन्यासमार्फत गर्न चाहेको छु।’

प्रकाशक अजित बरालले भने, “काविमोको लेखन शैली यति विशिष्ट, यति पृथक छ। किफातसुङको पहिला दुईपेज पढ्नेबित्तिकै अति उत्साहित भएर मैले लेखकलाई फोन गरेको थिएँ र भनेको थिएँ, ‘उपन्यास राम्रो होला जस्तो छ!’ अनि पछि पढ्दै गएपछि त कायलै भएको थिएँ। मलाई लाग्छ, यो उपन्यासले नेपालीभाषी भारतीय लेखकहरुको पुस्तकप्रति हाम्रो रुचि जगाउनेछ।” उपन्यास फाइनप्रिन्टले प्रकाशन गरेको हो। 

प्रकाशित: December 31, 2017 | 18:23:00 काठमाडौं, आइतबार, पुष १६, २०७४

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

निहारिकाद्वारा शीतलनिवास अगाडि आत्मदाहको प्रयास, जनकपुर उच्च अदालतमा विचाराधीन छ बलात्कार मुद्दा

जबरजस्ती करणी मुद्दामा न्याय माग्दै अनसनरत निहारिका राजपूतले राष्ट्रपति निवासअघि आत्मदाहको प्रयास गरेकी छन्।

केसी-महत विवादले माओवादीलाई हुन सक्छ फाइदा, नुवाकोटमा कसरी मिल्ला बाँडफाँट?

नुवाकोट-१ माओवादीलाई छाड्नु परे त्यसमा हितबहादुर तामाङ उम्मेदवार बन्ने सम्भावना प्रबल छ। नुवाकोट-२ कांग्रेसले लिँदा केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उमेदवार बनाउने चर्चा पनि नुवाकोटमा छ।

कैलालीमा आरजुलाई आउँदो चुनाव कति सहज?

२०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई कांग्रेसले अनुशासनको डन्डा बर्साएपछि बूढानीलकण्ठसँग बदला लिने असन्तुष्टहरूको संख्या पनि ठूलै छ।

आफ्नै कारण राजनीतिबाट 'किनाराकृत' हुँदैछन् वामदेव

कुनै बेला राजनीतिको केन्द्र भागमा रहेका वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानले गरेको कारबाही र तत्काल वाम एकता नहुने संकेतसँगै राजनीतिक संकटमा भासिँदै छन्।

कालीबाबाले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

भारतमा बसोबास गर्ने नेपाली मूलका साधु काली बाबाले नेपाल आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन : देउवासँग किन नाम जोड्न चाहँदैनन् कर्ण मल्ल?

उनी नेकपा एमालेको समर्थनमा कांग्रेस बीपीबाट उम्मेदवार बन्न सक्ने धेरैको आकलन छ। मल्लले नेपाल समयसँग कुरा गर्दै प्रदेशसभामा निर्वाचन नलड्ने बताए। यसले उनी संघीय चुनाव लड्ने पक्का भएको छ।

थप समाचार

नेपाल समय
फिल्म

'ऐना झ्यालको पुतली' को ट्रेलर सार्वजनिक

ऐना झ्यालको पुतलीको ट्रेलरमा स्कुले शिक्षा लिन चाहने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरेर कथा बुनिएको छ।
नेपाल समय
रचना

हुलाक टिकटका कारण चित्रकार बनेका राजप्रकाशमान

सुन्धारा हुलाक अड्डाले बिस्कुन बनाएर फालेको फोहोरभित्र हुलाक टिकट खोजेपछि आफ्नो घर नरदेवी पुगेर भुइँभरि फैलाउँथे, राजप्रकाश। मानिस, चराचुरुंगी, हिमाल, देवीदेवता तथा मठमन्दिर चित्र अंकित हुलाक टिकटप्रति खुबै लोभिन्थे।
नेपाल समय
कला/साहित्य

भाषा आयोगको लापरबाही : जुम्ली खस भाषाको अभिलेख नै छैन

खस भाषा नेपाली भाषाको माउभाषा भनेर पनि चिनिन्छ। जुम्लालगायत कर्णालीमा खस भाषा अहिले पनि बोलिन्छ। भाषा आयोगले खस भाषालाई आधिकारिकता दिएको छैन। यो भाषामा भाषा आयोग वा अरू कुनै सरकारी निकायले शब्दकोश बनाएको पाइँदैन।
नेपाल समय
कला/साहित्य

काठमाडौं उपत्यकामा मनाइयो गाईजात्रा, विकृतिका विरुद्ध हास्यव्यङ्ग्य

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ। जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन्।
नेपाल समय
फिल्म

दया अनि सौगातले बदल्न नसकेको कथा, पात्र र चरित्र

रंगमञ्चबाट सिने क्षेत्र प्रवेश गरेका अभिनेताद्वय दयाहाङ र सौगातले चलचित्रको पर्दामा कथा, पात्र र चरित्रअनुसार फरकपन दिन नसकेको आरोप छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना