सोमबार, असोज १७, २०७९
विनय सापकोटा | मंगलबार, असोज ४, २०७९

साफ जित्‍ने बंगलादेशी महिला टिमको सामर्थ्यको स्रोत के हो?

टिमले गत हप्ता दक्षिण एसियाको सदाबहार च्याम्पियन भारतलाई ३-० ले हराएको थियो। त्यही टिमले त हो सोमबार राति काठमाडौंमा बलियो घरेलु टिमलाई हराएर साफमा इतिहास रच्यो।

विनय सापकोटा | सोमबार, असोज ३, २०७९

महिला साफमा पाँचौं पटक चुक्यो नेपाल, बंगलादेशले रच्‍यो इतिहास

पहिलो हाफमै बंगलादेशको अग्रता दोब्बर बनाउन कृष्णरानी सरकारले ४२ औं मिनेटमा गोल गरिन्। पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल गर्‍यो र एक गोलको सामना गर्‍यो। नेपालका लागि अनिता बस्नेतले गोल गरिन् भने कृष्णरानीले गोलअन्तरलाई ३–१ मा पुर्‍याइन।

नेपाल समय | सोमबार, असोज ३, २०७९

छैटौं महिला साफमा को बने उत्कृष्ट?

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा बंगलादेश टिमकी कप्तान सविना खातुन सर्वोत्कृष्ट खेलाडी भइन्। सोमबार सम्पन्‍न साफमा उनले सर्वोत्कृष्ट खलाडीसँगै सर्वाधिक गोलकर्ताको अवार्डसमेत पाइन्।

नेपाल समय | सोमबार, असोज ३, २०७९

बंगलादेश पहिलो पटक बन्यो साफ महिला च्याम्पियन

काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ।

नेपाल समय | सोमबार, असोज ३, २०७९

नेपालले पहिलो गोल गरेको ६ मिनेटमै बंगलादेशले फर्कायो तेस्रो गोल

दशरथ रंगशालामा जारी खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरेको ६ मिनेटमै बंगलादेशले अर्को गोल गरेको थपेको हो।

नेपाल समय | सोमबार, असोज ३, २०७९

बंगलादेशविरुद्ध नेपालकी अनिताले गरिन् पहिलो गोल

दशरथ रंगशालामा जारी खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरेकी हुन्।

नेपाल समय | सोमबार, असोज ३, २०७९

पहिलो हाफमै नेपालविरुद्ध बंगलादेशलाई दुई गोलको अग्रता

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको १३औँ मिनेटमा बंगलादेशकी साम समुन्नहरले र ४२औँ मिनेटमा कृष्णरानी सरकारले गोल गरेकी हुन्।

नेपाल समय | सोमबार, असोज ३, २०७९

बंगलादेशले नेपालमाथि गर्‍यो गोल

काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल जारी छ।

नेपाल समय | सोमबार, असोज ३, २०७९

नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु

काठमाडौंमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरु भएको छ। साँझ पाँच बजे दशरथ रंगालामा खेल सुरु भएको हो।

नेपाल समय | सोमबार, असोज ३, २०७९

बुुद्ध जन्मभूमिमा राष्ट्रिय खेलकुद ट्रफी

१ असोजदेखि प्रदेश राजधानीका साथै मुख्य सहरमा परिक्रमा र प्रदर्शन गर्ने क्रममा २ असोेजमा लुम्बिनी प्रदेशको बुटवल र बुद्ध जन्मभूमि लुम्बिनीमा प्रदर्शन गरिएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना