क्यानले सोमबार मात्र नेपाली टिमको मुख्य प्रशिक्षकमा भारतका प्रभाकरलाई नियुक्त गरेको थियो। त्यसको भोलिपल्ट उनले केन्या खेल्न जाने नेपाली टिमको घोषणा गरेको हो।
आफ्नो समयको प्रभावशाली खलाडी प्रभाकरको लागि नेपाली टिम ठूलो चुनौतीको विषय बन्नेछ। पछिल्लो अवस्थामा छोटो समयका लागि मात्र प्रशिक्षक पाएको नेपाली टिमलाई एक बनाउनका लागि कुनै पनि प्रशिक्षकलाई सजिलो हुने छैन।
नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो।
३१ औं सिजनको इंग्लिस प्रिमियर लिगको पहिलो खेलमै म्यानचेस्टर युनाइटेड पराजित भएको छ। युनाइटेडको घरेलु मैदानमा आइतबार राति सम्पन्न भएको खेलमा युनाइटेडले ब्राइटनसँग २–१ को हार बेहोरेको हो।
हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन जाने फुटबल टोलीलाई इतबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले शुभकामना सहित बिदाइ गरेका छन्।