छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरूष क्लब लिग २०७९ मा सोमबार भएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन्। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको हो।
राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय भलिबल एसोसियसनको आयोजनामा आइतबारदेखि सुरु भएको छैटौं राष्ट्रिय महिला र पुरुष क्लब लिग भलिबलको पहिलो खेलमा गण्डकी प्रदेशले ढोरपाटनलाई (२५-१६, २३-२५, २५-१९, २६-२४) गर्दै ३-१ को सेटमा पराजित गरेको हो।
नेपाल र उज्वेकिस्तानबीचको उपाधि भिडन्त ढाकाको मिरपुरस्थित सहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहान सवा ११ बजे सुरु हुनेछ। साबिक विजेता नेपाल आज उज्वेकिस्तानलाई हराएर अपराजित रहँदै उपाधि रक्षा गर्ने दाउमा छ। नेपाल शीर्ष तथा उज्वेकिस्तान दोस्रो स्थानमा रहेर फाइनल पुगेका हुन्।