वैकल्पिक खेलाडीको रूपमा मैदान पसेकी केलीले ११०औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई पहिलोपल्ट युरोकपका साथै प्रतियोगिताको उपाधि दिलाएपछि इंग्ल्यान्डमा उनलाई ‘सुपर सब’ भनिन थालेको छ।
खेलको ३२औँ मिनेटमा टाइसन सिंह लोइटोङगामले भारतीय टिमका लागि गोल गरे। पार्थिब सुन्दरले ५१औँ र ५२औँ मिनेटमा, पाथुम गिमहानाले ६४औँ मिनेटमा, हिमान्सुले ७१औँ मिनेटमा, मोहम्मद रिकाजले ७८औँ मिनेटमा, गुरकिरात सिंहले ९०औँ मिनेटमा र आतिरिक्त समयमा शुभो पौलले गोल गरेका थिए।
प्रतियोगिताको साविक विजेता भारतलाई प्रतियोगितामा सबैभन्दा बलियो टिम मानिएको थियो। तर पहिलो खेलमै पराजित भएसँगै आइतबार हुने भारतविरुद्धको खेलमा नेपालले जित निकाल्ने सम्भावना बलियो छ।