जारी युरोकपअन्तर्गत बुधबार राति भएको खेलको अतिरिक्त समयमा इंग्ल्यान्डका कप्तान ह्यारी केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर क्यास्पर समरसलले बचाए पनि दोस्रोपटक प्रहार गर्दै उनले इंग्ल्यान्डलाई फाइनलमा पुर्याए।
६० हजार समर्थकमाझ घरेलु मैदानमा आज इङ्ल्याण्डले पाहुना टिम डेनमार्कसँग खेल्दैछ। युरोकपको दोस्रो सेमिफाइनल खेलमा यी दुई टिम फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।
यूरोपियन फुटबलको विशेषता हो– फिजिकल र प्राविधिक खेल। तर, युरोपमा एउटा यस्तो टोली छ, जसले फरक शैलीको फुटबल खेल्छ। त्यो टोली हो स्पेन। स्पेनको राष्ट्रिय टोली र क्याटलान क्लब बार्सिलोनाले प्रयोग खेलिरहेको फुटबल शैली हो– टिकिटाका।
चेक गणतन्त्रलाई हराउँदै डेनमार्क युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अजरबैजानको बाकुमा भर्खरै सम्पन्न युरोकप २०२० अन्तर्गत तेस्रो क्वाटरफाइनलमा डेनमार्कले चेक गणतन्त्रलाई २–१ ले हराएको हो।