पहिले ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा ९४ रन बनाएको थियो। जवाफमा भुटानले १७ ओभर पाँच बल खेल्दै सम्पूर्ण विकेट गुमाएर ४४ रन मात्र बनाएपछि खेल नेपालले जितेको हो।
क्यानले गरेको आशालाई निराशामा नबदल्ने अठोटमा छिन रुबिना पनि। त्यसो त, लामै समय भइसक्यो नेपालले कुनै उपाधि जितेको छैन। त्यसैले पनि जितका लागि दबाब अहिले नेपाली टिमलाई छ।