नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आइपुगेका छन्। शनिबार साँझ काठमाडौं ओर्लिएका मुख्य प्रशिक्षक प्रभाकरलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन्।
अर्जुन साउदले पहिलो पटक टोलीमा परेका हुन्। ओपनर कुशल भुर्तेल र विकेट किपर विनोद भण्डारी भने टोलीमा परेका छैनन्। पछिल्लो समय उनीहरू नियमित रूपमा टोलीमा पर्दै आएका थिए।
क्यानले सोमबार मात्र नेपाली टिमको मुख्य प्रशिक्षकमा भारतका प्रभाकरलाई नियुक्त गरेको थियो। त्यसको भोलिपल्ट उनले केन्या खेल्न जाने नेपाली टिमको घोषणा गरेको हो।
आफ्नो समयको प्रभावशाली खलाडी प्रभाकरको लागि नेपाली टिम ठूलो चुनौतीको विषय बन्नेछ। पछिल्लो अवस्थामा छोटो समयका लागि मात्र प्रशिक्षक पाएको नेपाली टिमलाई एक बनाउनका लागि कुनै पनि प्रशिक्षकलाई सजिलो हुने छैन।
नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो।