नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा। राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त देख्न पाइन्छ। हजारौँ मजदुर र किसान यसमा आश्रित छन्।
विश्व शान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यदेश पुरा भएपछि स्वदेश ल्याइएका तथा विभिन्न समयमा चीन सरकारबाट उपहार स्वरुप सहयोग प्राप्त सवारी साधन दर्तामा सहयोग पुर्याउन सेनाले माग गरेको हो।
एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पुर्याउन समस्या हुन थालेको छ। सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो।
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ। धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै। खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ।
निर्माण कम्पनी शङ्करमाली कन्ट्रक्सन कम्पनीले विसं २०७६ कात्तिक ४ गते दश किलोमीटर सडकखण्डमा २०७८ माघ १५ गते सम्ममा सक्नेगरी कालोपत्रे गर्न सम्झौता गरे पनि निर्माण कार्यले गति लिन नसकेको हो।
बेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. पानसिंह ठगुन्नाले जानकारी दिए।
अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन। हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको हो।