‘स्थानीय नेता कार्यकर्ताले मलाई राजनीतिमा फर्किनुपर्छ भनिरहेका थिए। म मौन बसेको थिएँ। पार्टीले शुक्रबार मेरो रुचि सोधेको थियो,' उनले भने, ‘परिवारसँग सल्लाह गरेपछि म ढुक्क भएर राजनीतिमा लाग्न तयार भएको हुँ। मेरो सहर वीरगञ्जबासीलाई चाहिने सेवा सुविधा उपलब्ध गराउने सोचका साथ होमिएको हुँ।’
मधेस प्रदेशको एक मात्र पर्साको वीरगञ्ज महानगरपालिकामा प्रमुख पदमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपप्रमुखमा भने दुई स्वतन्त्रसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपप्रमुखमा १० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
वीरगन्ज महानगरपालिकाको मेयर पदका लागी भने नेपाल मजदुर किसान पार्टी, नेपाल सदभावना पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीबाट गरी ११ जना र उपमेयरका लागी समेत ११ जनाले मनोनय दर्ता गराएका छन्।
मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो।