स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा मुस्लिम आयोगका अध्यक्ष पक्राउ परेका छन्। मौन अवधिको समयमा मतदातालाई रकम बाँडेको आरोपमा अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका हुन्।
त्रेता युगमा मिथिलाका राजा जनकले ठुलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ।
बलुवा खोलामा पुल निर्माण नहुँदा वर्षायाममा डुबान र कटानको समस्या भोग्दै आएका धनुषाधाम नगरपालिकाको सरसा, रामपुर, लवटोलियासहित एक दर्जनभन्दा बढी गाउँका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
नेपाल प्रहरीले विमानस्थलको सुरक्षामा खट्दै आएकोमा स्थानीय तहको निर्वाचन नजिकिएसँगै उनीहरू निर्वाचनमा खटिएपछि विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो।
‘स्थानीय नेता कार्यकर्ताले मलाई राजनीतिमा फर्किनुपर्छ भनिरहेका थिए। म मौन बसेको थिएँ। पार्टीले शुक्रबार मेरो रुचि सोधेको थियो,' उनले भने, ‘परिवारसँग सल्लाह गरेपछि म ढुक्क भएर राजनीतिमा लाग्न तयार भएको हुँ। मेरो सहर वीरगञ्जबासीलाई चाहिने सेवा सुविधा उपलब्ध गराउने सोचका साथ होमिएको हुँ।’