मिटरब्याजीको दबाबका कारण विष सेवन गरी आत्महत्या गरे बाराको महागढीमाई नगरपालिका वडा नम्बर–४ दहियारका इन्जिनियर प्रभात जैसवालले। उनले आत्महत्या गरेको दुई महिना बितिसकेको छ।
भारत गौरव पर्यटक रेल’मा आएका भारतीय पर्यटकलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ। भारतको राजधानी नयाँ दिल्लीबाट गत मङ्गलबार हिँडेको सो रेल आज दिउँसो १:४५ बजेतिर जनकपुरधाम आइपुगेको हो।
एकीकृत बाल क्लब जनकपुरधामले बालश्रम अन्त्य गर्न माग गरेको छ। विश्व बाल श्रमविरुद्धको दिवस मनाउँदै उसले उपमहानगरपालिकामा बालश्रम बढेको भन्दै रोक लगाउन माग गरेको हो।
'प्रस्तावित निजगढ विमानस्थल मधेश प्रदेश जनताको आर्थिक समृद्धिसँग जोडिएको छ,' प्रदेशसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता जितेन्द्र सोनलले भने, 'निजगढ विमानस्थल निर्माण भएपछि यहाँको आर्थिक समृद्धि हुन्छ, रोजगारी सिर्जना हुन्छ।'