सोमबार, साउन २३, २०७९
नेपाल समय | शनिबार, असार १८, २०७९

काम सकेर घर फर्किन लाग्दा त्रिशूलीले बगायो आमाछोरा

नुवाकोटको विदुर नगरपालिका–३ का सङ्गीता श्रेष्ठ र उनको छोरालाई शनिबार अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ।

नेपाल समय | बिहीबार, असार १६, २०७९

बागमती प्रदेशको बजेट बहुमतले पारित

विगत जस्तै असार १ गते प्रदेश सरकारले प्रदेशसभामा स्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बागमती प्रदेशसभाको आज बसेको बैठकबाट बहुमतले पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

निशा श्रेष्ठ | बुधबार, असार १५, २०७९

चितवनमा मेसिनबाट धान रोपाइँ (फोटोफिचर)

मेसिनबाट रोपेको धान लाइनमा हुने भएकाले मल हाल्न, गोड्न सजिलो हुने प्रकाश छिर्ने भएकाले उत्पादनमा बढ्ने उनले बताइन्। धान रोप्‍नेदेखि काट्ने थन्काउनेसम्म मेसिनको प्रयोग गर्ने गरेको उनले सुनाइन्।

नेपाल समय | मंगलबार, असार १४, २०७९

मेलम्ची क्षेत्रमा यातायात आवागमन कठिन बन्दै

गत वर्ष वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची र आसपासका पालिकामा पुनःस्थापनाको काम अघि बढ्न थालेको थियो। असारयता निरन्तर वर्षा भइरहँदा यहाँका संरचनामा थप क्षति पुगेको छ। अस्थायीरूपमा बनाइएका सडक र पुलमा समेत क्षति पुग्दा स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ।

नेपाल समय | मंगलबार, असार १४, २०७९

निउरो टिप्‍न गएकी महिलालाई खोलाले बगायो

मृत्यु हुनेमा खैरहनी नगरपालिका-१ शाहीचोक बस्‍ने ३४ वर्षीया कल्पना श्रेष्ठ रिजाल रहेकी छन्। मंगलबार दिउँसो खैरहनी-६ तुल्सीपुरस्थित लदरी खोलामा निउरो टिप्न जाने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ।

नेपाल समय | सोमबार, असार १३, २०७९

फोहरमैला व्यवस्थापन गर्न शिक्षक-शिक्षिकालाई तालिम

भक्तपुर नगरपालिकाले फोहर व्यवस्थापन सहज बनाउन शिक्षकशिक्षिकाहरूलाई दुईदिने फोहरमैला व्यवस्थापन तथा कौसी खेती तालिम प्रदान गरेको छ।

नेपाल समय | सोमबार, असार १३, २०७९

माछा मार्न गएका एक युवक नारायणी नदीमा बेपत्ता

सोमबार माछा मार्ने क्रममा भरतपुर ३ बेलचोकका २० वर्षीय सुसान चौधरी नदीमा बेपत्ता भएका हुन्। सुसान बेपत्ता भएपछि सँगै गएका साथीहरुले प्रहरीलाई खबार गरेका थिए।

नेपाल समय | सोमबार, असार १३, २०७९

मकैबारीमा काम गरिरहेकी आमालाई छोराले धारिलो हतियार प्रहार गरी हत्या

स्याउलीबास निवासी ३६ वर्षीय अर्जुन तामाङले सोमबार दिउँसो ५५ वर्षीया आमा मायादेवी तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नेपाल समय | शुक्रबार, असार १०, २०७९

भरतपुरको बजेट प्राथमिकता : अधुरा योजनाको निरन्तरता

भरतपुर महानगरपालिकाले ११ औं नगरसभाबाट ल्याएको बजेटले अधुरा योजनाको निरन्तरतालाई प्राथमिकतामा राखेको छ।

नेपाल समय | शुक्रबार, असार १०, २०७९

ललितपुरको बजेट ६ अर्ब ३५ करोड, सत्यमोहन प्रतिष्ठान स्थापना गर्ने घोषणा

ललितपुर महानगरपालिकाले ‘डा.सत्यमोहन जोशी एकेडेमी’ स्थापना गर्ने घोषणा गरेको छ। नगरपालिका क्षेत्रभित्र सामुदायिक पुस्तकालय स्थापनामा जोड दिँदै संघसंस्थाको सहकार्यमा एकेडेमी खोल्ने घोषणा गरेको हो। महानगरले बालकुमारीस्थित पर्यटकीय बसपार्क सञ्चालनमा ल्याउने भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना