बागमती प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले केन्द्र मात्रै होइन, प्रदेश सरकारले पनि अपेक्षा अनुसार पुँजीगत खर्च गर्न नसकेको स्वीकार गरेकी छन्।
ढुंगा झरेर भोटेकोसी थुनिएमा चिलिमे विद्युत् केन्द्रले निकास लिइरहेको पानी प्रवाहमा असर पुर्याउन सक्ने भएकाले सो ढुंगालाई समयमै व्यवस्थापन गर्न जरुरी रहेको विद्युत् क्षेत्रसँग सम्बन्धित प्राविधिकले जनाएका छन्।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजयक्रान्ति शाक्यले नेपाल प्रहरी र प्रदेश प्रहरी–कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय– ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ निष्क्रिय पार्न संघीय सरकारसँग आग्रह गरेका छन्।
यसअघि गण्डकी र लुम्बिनीका स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाकै सचिव राखिएको थियो। तर बागमतीमा भने प्रशासन सेवाका सचिव ल्याउने निर्णय भएको भन्दै विरोध भएको थियो।