नेकपा (एमाले)ले बागमती प्रदेशमा पनि संसद् बैठक अवरुद्ध गरेको छ। संघीय संसद्मा नाराबाजी गरेर बैठकमा अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशमा पनि अवरोध गरेको हो।
नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन्। बागमती प्रदेशको आइतबार भएको दोस्रो चरणको निर्वाचनमा बानियाँले जगदीश नरसिंह केसीलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन्।
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन स्थल चितवनको सौराहा आसपासका खुद्रा तथा साना व्यवसायीहरुले महाधिवेशनताका आशाअनुरुपको व्यापार नभएको गुनासो गरेका छन्।