विज्ञप्तिमा भनिएको छ, 'स्थानीय तहको पहिलो निर्वाचन पश्चात कार्यलयमा कुनै सवारी साधन नरहेको र दरबन्दी बमोजिम कर्मचारी नभएको समयमा कर्मचारीले अतिरिक्त काम गरेवापत र महालेखापरीक्षकको कार्यलय बाट सरकारी राजस्व खातामा जम्मा गरेको सक्कल समेत पेश गरेको छ।'
‘साइकलको स्पेसिफिकेसन बनाउँदा इण्डियन लेडिज साइकल अफ्रो कम्पनी वा सो सरह उल्लेख गरेको छ। प्रतिस्पर्धी विधीबाट खरिद गर्ने मालसामानको स्पेसिफिकेसन तयार गर्दा इण्डियन कम्पनीको ब्राण्ड तथा नाम राखी ठेक्का गरेकोले पर्याप्त प्रतिस्पर्धा भएको यकिन हुन सकेन’ प्रतिवेदनमा भनिएको छ।
पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि चालु आव २०७८/७९ मा १२ अर्ब १२ करोड नौ लाख विनियोजन भएको निर्देशनालयका सूचना अधिकरी हरिप्रसाद ओझाले जानकारी दिए।
प्रर्दशनमा सहभागीले ‘सर्भाइभर (पीडित)लाई विश्वास गरौँ,' ‘यौन हिंसा आरोपीलाई बहिष्कार गरौँ’, ‘महिला हिंसाका घटना बाहिर ल्याउन साहस गर्नुहुने प्रत्येक महिलालाई सलाम’ लगायतका नारा लेखिएका पम्पलेट प्रर्दशन गरेका थिए।
चाँगुनारायण नगरपालिका–६ कार्यालयले सोमबार बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ। वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक नगरकोट सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायी र सरकारप्रति व्यङ्ग्य गरे।
काठमाडौं उपत्यकमा २७ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शनिबार दिएको जानकारी अनुसार २७ जनामा हैजा पुष्टि भएको हो।