शुक्रबार, मंसिर १६, २०७९
नेपाल समय | शनिबार, माघ १५, २०७८

माघ २० सम्म १२ देखि १७ वर्षका छुटेका विद्यार्थीलाई खोप

खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ। कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा छुटेका उक्त उमेर समूहका विद्यार्थीले आफ्नो विद्यालय, नजिकको स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य क्लिनिकसँग समन्वय गरी खोप लगाउन सक्नेछन्।

नेपाल समय | शुक्रबार, माघ १४, २०७८

गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ गरिने

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर सो निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो। निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ। गत आइतबार नालीको खोँचमा परेर गैँडा मरेको थियो।

नेपाल समय | बिहीबार, माघ १३, २०७८

कोटेश्वर-जडीबुटी सडक चैतसम्ममा सम्पन्‍न गरिने

काठमाडौं उपत्यकाको बढी सवारी चाप भएको सडकमा पर्ने कोटेश्वर–जडीबुटी विस्तार एकातर्फ सकिएको छ भने अर्कातर्फको काम चैतसम्ममा सकिने गरी अघि बढाइएको छ।

नेपाल समय | बुधबार, माघ १२, २०७८

जुधेर गैँडा मर्‍यो

चितवन राष्ट्रिय निकुञ्जको सुरुङ खोलामा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ। निकुञ्जको टाइगर टप्स पूर्वमा पर्ने सुरुङ खोलामा जुधेर गैँडा मरेको हो।

नेपाल समय | आइतबार, माघ ९, २०७८

मकवानपुरका टोलटोलमै कोभिड खोप

मकवानपुरका केही स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सुस्त पाइएपछि बागमती प्रदेश सरकारले टोलमै पुगेर खोप लगाउने अभियान शुरु गरेको छ।

नेपाल समय | शनिबार, माघ ८, २०७८

चाँगुनारायण बालमैत्री नगरपालिका घोषणा हुने

चाँगुनारायण नगरपालिकालाई आगामी फागुन २७ गते बालमैत्री नगरपालिका घोषणा गर्ने भएको छ। नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले फागुन २७ गते बालमैत्री नगरपालिका घोषणा गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

नेपाल समय | शुक्रबार, माघ ७, २०७८

१० घण्टापछि खुल्यो नारायणगढ–मुग्लिङ सडक

सुख्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड झण्डै १० घण्टापछि खुलेको छ।

नेपाल समय | बिहीबार, माघ ६, २०७८

चितवनमा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय चितवनले यही माघ ७ गतेदेखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ। शुक्रबारदेखि लागू हुने गरी शान्ति, सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक बाहेकका सबै सेवा रोकिने जनाएको छ।

नेपाल समय | सोमबार, माघ ३, २०७८

चितवन कोरोनाको उच्च जोखिममा

सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना सङ्क्रमण बढ्दै गएको हो। पुस २५ गते जिल्लामा ८२ सक्रिय सङ्क्रमित रहेकामा माघ २ गते परीक्षण गरिँदा १९० जनमा कोरोना सङ्क्रमण देखिएको छ। जिल्लामा अहिले सक्रिय कोरोना सङक्रमितको सङ्ख्या ८२८ पुगेको छ।

नेपाल समय | सोमबार, माघ ३, २०७८

लुम्बिनीको राष्ट्रियसभामा सजिलै जित्ने गठबन्धनको दाबी

सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारले लुम्बिनीको राष्ट्रियसभामा सजिलै जित्ने दाबी गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना