सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको शनिबार निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित लामाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।
माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने प्रस्ताव राखेका छन्।
बागमती प्रदेश सभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकबाट अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनेछ।
पार्टीका बागमती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई पत्र लेख्दै बैठक ११ कात्तिकका लागि सारिदिन आग्रह गरेका हुन्।