चितवनको खैरहनी नगरपालिका–१३ वैदियाका कृषक श्याम दाहाल मल पाइने आशमा पटक–पटक घर नजिकैको साना किसान सहकारीमा धाइरहन्छन्। तर उनी प्रत्येकपल्ट रित्तो हात फर्कन विवश छन्।
विगत जस्तै असार १ गते प्रदेश सरकारले प्रदेशसभामा स्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बागमती प्रदेशसभाको आज बसेको बैठकबाट बहुमतले पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
मेसिनबाट रोपेको धान लाइनमा हुने भएकाले मल हाल्न, गोड्न सजिलो हुने प्रकाश छिर्ने भएकाले उत्पादनमा बढ्ने उनले बताइन्। धान रोप्नेदेखि काट्ने थन्काउनेसम्म मेसिनको प्रयोग गर्ने गरेको उनले सुनाइन्।
गत वर्ष वर्षाका कारण ठूलो क्षति पुगेको मेलम्ची र आसपासका पालिकामा पुनःस्थापनाको काम अघि बढ्न थालेको थियो। असारयता निरन्तर वर्षा भइरहँदा यहाँका संरचनामा थप क्षति पुगेको छ। अस्थायीरूपमा बनाइएका सडक र पुलमा समेत क्षति पुग्दा स्थानीयवासीको दैनिकी कष्टकर बनेको छ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका-१ शाहीचोक बस्ने ३४ वर्षीया कल्पना श्रेष्ठ रिजाल रहेकी छन्। मंगलबार दिउँसो खैरहनी-६ तुल्सीपुरस्थित लदरी खोलामा निउरो टिप्न जाने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ।
सोमबार माछा मार्ने क्रममा भरतपुर ३ बेलचोकका २० वर्षीय सुसान चौधरी नदीमा बेपत्ता भएका हुन्। सुसान बेपत्ता भएपछि सँगै गएका साथीहरुले प्रहरीलाई खबार गरेका थिए।