सिञ्जा गाउँपालिकाको जोडु, रुघा, काँडागाउँ, भाडगाउँ, फुङ्ग्रा र शनिगाउँमा असिनापानीबाट स्याउ खेतीमा क्षति पुगेको स्थानीयवासी विज्ञान बुढाले जानकारी दिए।
जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुसी पनि देखिन्छन्। उनले भने, 'जुम्ला अर्गानिक स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ। त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचामा फूल फुलेर अहिले सेताम्य भएको छ।' उनका अनुसार चैत वैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिक महिनामा पाक्ने गरेको छ।
राजीनामा दिनेमा सनुछहरी गाउँपालिकाका–४ का वडाध्यक्ष खड्कबहादुर घर्तीमगर र वडा नं ६ का वडाध्यक्ष अमरजित पुन रहेका छन्। रोल्पा नगरपालिका–५ का वडाध्यक्ष टोपबहादुर नेपाली, वडा नं ६ का वडाध्यक्ष तुलबहादुर घर्तीमगर र वडा नं १० का वडाध्यक्ष मानबहादुर खत्रीसहित अन्य सदस्य रहेका छन्।
सत्तारुढ गठबन्धन हुम्लामा पनि भत्किएको छ। स्थानीय तहको नेतृत्वका लागि भागबन्डा नमिलेपछि त्यहाँ सत्तारुढ दलहरुले स्वस्थ प्रतिस्पर्धा गर्ने सहमति गरेका छन्।
कर्णाली प्रदेशमा पाँच दलीय गठबन्धन संयन्त्रको बैठक बस्ने भएको छ। बुधबार दिउँसो नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय वीरेन्द्रनगरमा बैठक बस्ने भएको हो।