कोभिड– १९ को सङ्क्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा नाका सञ्चालन गर्ने आग्रह गरेका हुन्।
जिल्लाको नारायण नगरपालिका-४ कि साढे दुई वर्षकी बालिका कुसुम कटुवालको नाकमा मकैको दाना अड्केर उपचारको क्रममा मृत्यु भएपछि आफन्तले कर्णाली प्रदेश अस्पतालमा आन्दोलन गरिरहेका छन्।
४० वर्षीया श्रीमती कमला नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका ३ रातोपुल बस्ने ५० वर्षीय सुरेश नेपालीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
जुम्लामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ। सहमतिमा नेतृत्व चयन गर्न भन्दै हाललाई जिल्ला अधिवेशन स्थगित गरिएको नेपाली कांग्रेस जुम्लाले जनाएको छ।