आधा, आधा कार्यकाल माओवादी र नेकपा एमालेले लिने गरी पहिलो चरणमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मालाई मुख्यमन्त्री बनाएसँगै मन्त्रालय समेत घटाउने सहमति भएको छ।
आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकले कर्णालीमा नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकाे छ।
कर्णाली प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते बेलुका पाँच बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न बुधबार आह्वान गरेका हुन्।