प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले दोस्रो मात्रा लगाएको जनाएको छ।
एनइए इञ्जिनीयरिङ कम्पनी लिमिटेडले तयार गरेको अध्ययन प्रतिवेदनलाई आयोजना प्रभावित क्षेत्रअन्तर्गत चार स्थानमा सार्वजनिक गरिएको थियो। ईआइए अध्ययन टोलीले अछामको ढकारी गाउँपालिका–६ ओमगाउँ, तुर्माखाँद गाउँपालिका–४, सुर्खेतको पञ्चपुरी नगरपालिका–७ जङ्गलाघाट र चौकुने गाउँपालिका–६ गुटुमा उक्त प्रतिवेदन प्रस्तुत गरेको थियो।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशमा सञ्चालित ठूला योजनाहरुको भदौभित्र टेन्डर प्रक्रियामा पूरा गरी काम गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन्। प्रदेश सरकारको वार्षिक प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि बोलेर भन्दा काम गरेर व्यवहारमा लागु गर्नुपर्ने आवश्यकता रहेको बताए।
कर्णालीका आँखीझ्याल लामबद्ध पहाड, सुसाइरहने खोला, खोंच र कन्दराहरू। खुला अकासमुनि बुकी मुस्कुराइरहेका पाटन मैदानहरू। आदिम बस्ती, सपाट जीवनशैलीका कारण विकासले गरिब भए पनि पर्यटनले समृद्ध छ, कर्णालीको सेरोफेरो।
नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ। जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ।
नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयद्वारा सार्वजनिक आव २०७८/७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो आवको तुलनामा कृषि बालीले ढाकेको क्षेत्र र उत्पादन घटेको पाइएको छ।