सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार दल रोज्ने अन्तिम दिन मंगलबार बेलुका ५ बजेसम्म ६५ जनाले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
जनता समाजवादी पार्टी (जसपा) सुदूरपश्चिम प्रदेश सभामा रहेका दुई सदस्य पनि विभाजन भएका छन्। जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका कृष्ण चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्।
दुहुँ गाउँपालिका–२, नारुलीका पुरन साहु भदौ १४ गतेदेखि गौरीलमाण्डौं मावि हिकिलाको विद्यालयमा आश्रय लिएर बसेका छन्। भदौ १३ गते राति आएको बाढीपहिराका कारण पूरै घरखेत बगाएपछि विद्यालयको भवनमा आश्रय लिएका हुन्।