मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका तारा तामाङलाई आर्थिक मामिला र माया तामाङ बोहरालाई आर्थकि मामिला राज्यमन्त्रीमा नियुक्त गरेपछि उनीहरूले शुक्रबार साँझ शपथ ग्रहण गरेका हुन्।तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले र बोहरालाई मुख्यमन्त्री भट्टले शपथ गराए।
एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि कञ्चनपुरको गुलरिया बजारमा चक्काजाम भएको छ। दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा टायर बालेर चक्काजाम गरेका हुन्।