तीमध्ये ६ जना उपचार भएर फर्किएका छन्। एक जनाको भेन्टिलेटर, एक जनाको आईसियूमा राखेर र एक जनाको सामान्य बेडमा राखेर धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
महाकाली नदीमाथिको उक्त पुलको भारततर्फको भाग मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।
बाजुराको बुढीगंगा नगरपालिकाको असार २३ गते हुने पुनः मतदानका लागि कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो।