राना थारू समुदायको तीजपर्वका अवसरमा कञ्चनपुरका दुई पालिकामा सार्वजनिक बिदा दिइएको छ। राना थारू समुदायको तीज विर्सजन हुने दिन साउन १५ (आइतबार) गतेका दिन बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
उपमहानगरभित्रका खोलानाला अतिक्रमण हटाएर नगरभरि सरसफाइ, वृक्षरोपण र विशेषज्ञसहितको वडा क्लिनिक सञ्चालनलाई दिगो बनाउने योजनासहित धनगढीलाई समुन्नत सहर बनाउने सपनालाई साकार रूप दिँन लागिपरेका छन् मेयर गोपाल हमाल।
बैतडीको मेलौली नगरपालिकामा गाउँ-गाउँमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ। नगरपालिकाले हाल अभियानकैरुपमा सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेका लागि गाउँघरमै पुगेर भत्ता वितरण गरिरहेको छ। भत्ता वितरणका लागि नगरपालिकाका प्रमुख भीमबहादुर चन्द गाउँटोलमा खटिएका थिए।
कञ्चनपुरबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२, देखतभुलिबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका हुन्।
पश्चिम नेपालको कञ्चनपुरमा चार वर्ष पहिले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन। २०७५ साउन १० गते निर्मलाको बलात्कारपछि हत्या भएको थियो।