नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन्। सभापतिका अर्का प्रत्याशी भेषराज आचार्यलाई १६० मतले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन्।
प्रदेश नम्बर १ का १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति र संघीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दरले ७ सय जना महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय सभापति सहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र प्रदेश १ का १९ जना कांग्रेसका केन्द्रीय सदस्यहरुका साथै भातृ संस्था र सुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका लागि मतदाता छन्।
नेकपा एमालेको १० औं महाधिवेशन मंसिर १०–१२ सम्म चितवनमा हुँदैछ। महाधिवेशनका लागि प्रतिनिधि छनोटलगायताका सम्पूर्ण काम सकिएका छन्। वडा र पालिका अधिवेशन सकेर एमाले महाधिवेशनमा गएको हो।