शनिबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएपछि मतपत्रमै त्रुटि भेटिँदा मतदान सरेको हो। निर्वाचन समितिले अब त्रुटि सच्याएर दिउँसो १ बजेदेखि मात्रै मतदान प्रक्रिया सुरु हुने जनाएको छ।
नेतृत्व चयनका लागि नेताहरुबीच सहमति जुट्न नसकेपछि दिउँसो २ बजे सुरु हुने भनिएको अधिवेशन सुरु हुनै नसकी शुक्रबार बिहानसम्मका लागि स्थगित गरिएको प्रदेश १ अधिवेशन आयोजक समितिका संयोजक केन्द्रीय सदस्य कृष्ण सिटौलाले जानकारी दिए।
संस्थापन विश्वप्रकाश शर्मा पक्षका कट्टेलले सुरुवातदेखि नै अग्रता लिए पनि अन्तिम समयमा पराजित भए। सिटौलाको निर्वाचन क्षेत्र नम्बर ३ को मतले थेबे विजयी भएका हुन्।
'कोभिड–१९ को महामारीका कारण लामो अवधिसम्म बन्दाबन्दी हुँदा मोडलिङ र मिडियामा नराम्रो असर पर्यो,' पुडासैनीले फुड डेलिभरी व्यवसाय सुरु गर्नुको कारण बताउँदै भने, 'बन्दाबन्दीमा खुल्नै पर्ने बैंक, वित्तीय संस्था, अस्पताललगायत कार्यालयमा कार्यरत कर्मचारीले दिवाकालीन खाजा खान कठिनाइ भएको देखेँ। त्यसपछि फुड डेलिभरीको व्यापार चल्ने सोच पलायो।'
पार्टीको प्रदेश नं १ कमिटीका अध्यक्ष देबराज घिमिरेले जारी महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्। उनी यसअघि पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भएका थिए।