चालु आर्थिक वर्षको भुक्तानी दिने अन्तिम दिन असार २५ गते प्रदेश सरकारले ३ अर्ब ६० करोड ८३ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषाको पठनपाठन सुरु गरिएको छ। कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ भाषाको ऐच्छिक विषय चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट पठनपाठन सुरु गरिएको हो।
प्रदेश नं १ को सरकारले यातायात व्यवस्था निर्देशनालयको संगठन संरचना र अस्पताल भवन निर्माण पूर्वअनुमतिसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरेको छ। प्रदेश नं १ मन्त्रिपरिषद्को मंगलबार बैठकले सो निर्णय गरेको हो।