विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्यहरु अम्बिका बस्नेत, उत्तमकुमार बस्नेत, उमिता विश्वकर्मा, जसमाया गजमेर, नवोदिताकुमारी चौधरी, नारायणबहादुर मगर, लछुमन तिवारी, लीलाबल्लभ अधिकारी, लोकप्रसाद सङ्ग्रौला, सञ्जाकुमारी दनुवार र सरिता थापाले यो विधेयकले प्रदेशको भाषा, कला, साहित्य र संस्कृतिलाई जगेर्ना र संरक्षण गर्न मद्दत गर्ने भन्दै यसलाई राजनीतिक हस्तक्षेप भन्दा पर राख्नुपर्ने सुझाव दिए।
सरकार उद्योगीका समस्यामा उदासिन बनेको मोरङका उद्योगी व्यवसायीले आरोप लगाएका छन्। समस्या समाधानका लागि भेट्नुपर्ने सबै व्यक्तिहरुलाई भेटेर कुरा राखे पनि कुनै सुधार नभएको उनीहरुको भनाई छ।
यसअघि पनि खोप प्रयोग हुन नसक्दा अष्ट्राजेनेकाको ५० हजार मात्रा खेर गएको थियो। यसरी हेर्दा प्रदेश १ मा ६१ हजार मात्रा कोरोनाविरुद्धको खोप खेर गएको पाइन्छ।
प्रहरीले शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ र आवश्यक अनुसन्धानमा जुटेको छ। प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिए पनि पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिएको प्रहरीको भनाइ छ।