निर्माण सञ्चालन र हस्तान्तरण (बुट) मोडेलअन्तर्गत निर्माण भएकाले सन् २०४३ भित्र यो अस्पताल सरकारलाई हस्तान्तरण गर्नुपर्छ। तर, २२ वर्षअगावै मणिपाल समूहले सरकार पक्षलाई थाहै नदिई बिक्री गरेको छ।
हिमाली जिल्ला मनाङका अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन्। गत ३१ जेठको भीषण बाढीपहिरोले विभिन्न क्षेत्र क्षतविक्षत भएपछि सरकारी कार्यालयका प्रमुखहरु विभिन्न बहाना बनाएर जिल्ला बाहिरै बसेका हुन्।
सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग तनहुँ, नवलपुर र काठमाडौंमा जग्गा छ। २०७६ सालमा उनले कृषि विकास बैंकबाट २५ लाख ऋण लिएको देखिन्छ। तर उक्त रकम फिर्ता गरेका छैनन्।
आइतबार रातीको अविरल वर्षापछि सेती नदीको किनारैमा पर्ने पोखरा महानगरपालिका-९ स्थित बजार क्षेत्रको सडक भ्वाङ परेर भासिएकाले स्थानीय बासिन्दा चिन्तित बनेका छन्।