नमूना पशु अस्पताल तीव्ररूपमा निर्माण भइरहेको छ। भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणाधिन सो अस्पताल सञ्चालनमा आएपछि चार जिल्लाका पशुपालन किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी कारबाहीबाट रु ७१ लाख ४२ हजार पाँच सय राजस्व संकलन गरेको छ। कार्यालयले आव २०७८÷७९ मा नौ हजार नौ सय १६ सवारी साधनलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो।
उनीहरुबीच पोखरा र भारतका विभिन्न सहरबीच भगिनी सम्बन्ध विस्तार, पर्यटकीय पूर्वाधार र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतमा नियमित हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको बताइएको छ।
देशकै पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो।
स्याङ्जाको गल्याङ नगरपालिकाले दूधको उत्पादनका आधारमा प्रतिलिटर १५ रुपैयाँका दरले किसानलाई रु ४६ लाख ९९ हजार अनुदान दिएको छ। नगरपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै पाँच लाख ७९ हजार ९३४ लिटर दूधमा प्रतिलिटर १५ रुपैयाँका दरले किसानलाई रु ४६ लाख ९९ हजार अनुदान दिएको गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए।
चालु आवमा वडाले दिएको रु तीन लाख बजेटबाट ‘डीपीआर’ बनाइएको राम्चेढुंगा पर्यटन विकास केन्द्रले जनाएको छ। ‘पायोनियर आर्किटेक्ट एण्ड कन्सल्टिङ इञ्जिनीयर्स’ले ‘डीपीआर’ निर्माण गरेको केन्द्रका अध्यक्ष विष्णु थापाले बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको राजीनामा माग्दै पोखरामा प्रदर्शन भएको छ। नेकपा एमाले निकट अनेरास्ववियु र युवा संघले पोखरा नदीपुरस्थित प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन्।