जिल्लाका सात स्थानीय तहमा मुहानको पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो। यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको उहाँको भनाइ छ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराललाई धम्की दिएका छन्।
विगत वर्षमा मध्य असारसम्म ५५ प्रतिशत रोपाइँ सकिने गरेकोमा यस वर्ष ढिलो गरी पानी पर्नुका साथै रासायनिक मल पनि नपाइएकाले समयमा नै रोपाइँ हुन नसकेको हो। जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार बुधबारसम्म जिल्लाभर जम्मा २५ प्रतिशत मात्रै रोपाइँ भएको छ।
अर्थशास्त्री डा. स्वर्णीम वाग्लेलाई नेपाली कांग्रेस गोरखाका नेता–कार्यकर्ताले आगामी प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट लड्न आग्रह गरेका छन्।
गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्थानीय सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत फागुनमा निलुवामा चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो।