आइफोनको नोट प्याडमा मृतक आफैंले सुसाइड नोट कसरी लेख्नसक्छ, त्यो पनि आमालाई सम्बोधन गरेर, पोष्टमार्टम नहुँदैदेखि प्रहरीले किन आत्महत्या भन्यो? आत्महत्या भएको भए, शव भुईँमा कसरी भेटियो? आत्महत्या भएको घटनामा श्रीमान टिकाराम किन फरार भए? वडासदस्य समेत रहेका हरि पौडेलले विहानै वडा अध्यक्ष चेतनारायण भण्डारीलाई फोन गरेर किन बोलाइयो?, माइती पक्षको प्रश्न छ।
रुपन्देही प्रहरीले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। पर्वका अवसरमा हुनसक्ने अपराध रोक्न र शान्ति सुरक्षा कायम गर्ने गरी विशेष सुरक्षा योजना बनाएको बताएको छ।
रुपन्देही तिलोत्तमाकी सिता भण्डारीको घटनाले नयाँ मोड लिएको छ। परिवारले हत्याको दाबी गर्दै न्यायका लागि प्रदर्शन गरिरहेको बेला रुपन्देही प्रहरीले आत्महत्या पुष्टि गर्ने गरी प्रारम्भिक विवरण सार्वजनिक गरेपछि घटनाले नयाँ मोड लिएको हो।
गत भदौ २० गते पतिसँगै सुतेकी तिलोत्तमा ५ की २७ वर्षीया सिता भण्डारी पौडेल मृत भेटिएकी थिइन्। सिताको परिवारकै योजनामा हत्या गरिएको भन्दै माइती पक्षले तीन साता वित्दा पनि शव बुझ्न मानेका छैन।