नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त विज्ञप्ती जारी गर्दै मूल्य वृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने चेतावनी दिएका छन्।
कपिलवस्तुबाट २४, दाङबाट १९ र बाँकेबाट १ जना गरी ४४ जना पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता एंव प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिए।
संसदलाई विपक्षीहरुको थलो समेत भनिन्छ। तर, लुम्बिनी प्रदेशसभामा भने लामो समयसम्म प्रमुख विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल अनुपस्थित रहे।
माओवादीले गाडी सहयोगका लागि आग्रह गरे। अरू डराए। पदाधिकारी भएकाले मेरै गाडी दिएँ’, योगी सम्झन्छन्, ‘तर, मेरै गाडीमा हतियार बोकेर माओवादीले ब्यारेक आक्रमण गरेछ।’
राजमार्ग चौराहादेखि गोलपार्कसम्म पुग्न निकै सकस छ। पानी पर्दा हिलाम्य हुने सडक घाम लागेपछि धुलाम्मे छ। सडकमा सवारी चालक, यात्रुले मात्रै होइन, सडकको दायाँबायाँ व्यापार गर्नेहरूले समेत सास्ती पाएका छन्।