लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आज सोमबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। सदनमा विपक्षी नेकपा एमालेको अवरोधका बीच केसीले विश्वासको मत लिन लागेका हुन्।
नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले नेकपा बनेपछि सूर्य चिन्हबाट चुनाव लडेर माओवादी केन्द्र रोजेकी सांसद विमला वलीलाई कारबाही नगरेसम्म प्रदेश सभा बैठक बस्न नदिने चेतावनी दिएको छ।