लुम्बिनी प्रदेश अधिवेशन संयोजकको जिम्मेवारी लिएर आएका खाणकै जोडबलमा संघीय संसद् सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह लुम्बिनी प्रदेश सभापतिको उम्मेदवार बनेका थिए।
- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतरका अमरसिंह पुनको अग्रता कायमै छ। आइतबार रातीसम्मको ७ सय ८२ मत गणना हुँदा पौडेल पक्षका सभापतिका उम्मेदवार पुन ८९ मतका साथ अग्रता कायमै राखेका छन्।
शाहले भने १७८ मत ल्याएका छन्। संस्थापन (पार्टी सभापती शेरबहादुर देउवा) पक्षबाट उम्मेदवार बनेका शाह गृहमन्त्री बालकृष्ण खाँणको योजनामा सभापतीमा उठेका थिए। तर, प्रारम्भिक मतगणनाले भने संस्थापन पक्षलाई धक्का लाग्ने संकेत गरेको छ।
नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।
उनले ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेपछि बनेको पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने सहमति भइसकेको बताउँदै राष्ट्रियसभाको निर्वाचनबाट विजयी यात्रा सुरु हुने दाबी गरेका हुन्।