लुम्बिनी प्रदेशको वन वातावरण तथा भूसंरक्षण मन्त्रालयले आफू मातहतका निकायमा खादा र प्लाष्टिक जन्य सामाग्रीहरु पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ। मन्त्रालयले बिहीबार सञ्चारकर्मीसँगको छलफलपछि बसेको मन्त्रालयको बैठकले खादा र प्लाष्टिकजन्य माला, ब्याज तथा अन्य सामग्रीहरुलाई पूर्ण निषेध गर्ने निर्णय गरेको हो।
ज्ञापनपत्रमा संक्रमणकालीन न्याय, महिला तथा बालबालिकाविरुद्ध बढ्दै गएको हत्याहिंसा, विभिन्न क्षेत्रमा बढ्दै गएको बेथिति, स्वास्थ्य तथा सामाजिक सुरक्षा र शिक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष घिमिरेले जानकारी दिए।
रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ। सोमबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच १२ वर्ष माथिका उमेर समूहको कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।
नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन्। शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले संघीय सांसदसमेत रहेका पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो।
लुम्बिनी प्रदेश सरकारले असारे विकास रोक्ने भन्दै जेठ १५ सम्मको सम्झौता अवधि तोके पनि त्यसको कार्यान्वयन गर्न सकेन। असारमै अधिकांश कार्यक्रम कार्यान्वयन र भुक्तानी दिएको हुँदा २३ दिनमा बजेटको ठूलो हिस्सा खर्च भएको हो।
मन्त्रालयले वैशाख १६ गते प्रदेशसभामा पेस गरेको विधेयकमा प्रहरी नायव महानिरीक्षक (डिआईजी)को नेतृत्वमा श्रेणी रहने गरी विधेयक तयार पारिएको भए पनि विषयगत समितिले त्यसलाई संशोधन गरेर एआईजीको कमाण्ड राख्ने गरी असार १५ गते प्रदेशसभाले विधेयक पारित गरेको हो।