डिपेन्डेन्ट भिसामा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर प्रलोभन देखाएर कागजी विवाह गराइदिएको, पछि बिमा गराई सुन्दरको हत्या गरेर बिमाबापतको रकम कुम्ल्याउने षड्यन्त्र थियो, त्यो।
मन्त्री श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आलेको बोर्ड बैठकले गरेको निर्णय खारेज गर्दै उक्त स्थानमा लुम्बिनी विकास कोष आफैंले स्तरीय सुविधा सम्पन्न पार्क, पिकनिक सेड र व्यवस्थापनसहितको मनोरञ्जन स्थल बनाउने सोंच अघि सार्ने निर्णय गरेको छ।
गौतमबुद्धको जन्मभूमि लुम्बिनी र यससँग जोडिएका बौद्ध क्षेत्रहरुको परातात्विक महत्वलाई उजागर गर्दै बौद्ध सभ्यतालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउनका लागि जनमोर्चाले बौद्ध पुरतत्व शहर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
रुपन्देही प्रहरीले कल सेन्टरबाट बैंकिङ ऋण प्रवाह गरी मिटर ब्याज असुल गरेको अभियोगमा कल सेन्टरबाट भारत बिहार प्रदेश गायविद्या पञ्चायत मचारी घर रहेका २५ वर्षीय जिसाद दबङ भन्ने निरञ्जन कुमार र दाङ घोराही उपमहानगरपालिका १३ का ४० वर्षीय हिमाल बाठामगर र रोल्पाका ३४ वर्षीय कमलजंग सेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विधेयक पास गरेर संसद्ले राष्ट्रघाती काम गरेको बताएका छन्। विदेशी नागरिकता दिनका लागि खुकुलो नागरिकता विधेयक ल्याएर दुवै सदनले पास गर्ने विषयले लज्जित बनाएको उनले बताए।