‘हाम्रो परिकल्पना, हाम्रो समृद्धि’ नारासहित ल्याएको कार्यक्रममा अधिकांश नीति तथा कार्यक्रम हुबहु नै छन्। समय छोटो भएकाले पनि यसरी पहिलेका कार्यक्रम दोहोरिएको गाउँपालिका अध्यक्ष गिरीले बताए। 'हामी वैशाखमा निर्वाचित भयौँ, निर्वाचित भएलगत्तै नीति तथा कार्यक्रम बनाउनुपर्ने भयो, हतार हतारमा केही दोहोरिए होलान्,' गिरीले भने, 'सुत्केरीलाई आहारा दिने, छोरीलाई सम्मान गर्ने जस्ता केही नयाँ नीति पनि छन्।'
बुटवलमा डेंगु नियन्त्रणका लागि 'खोज र नष्ट गर' अभियान सुरु भएको छ। जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयम्सेविकाको सहभागितामा अभियान शुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।
३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा स्थानीय तह निर्वाचनमा गतिलो मत ल्याएको कांग्रेसले गठबन्धनभित्रका दललाई टिकटमा चित्त बुझाउनुपर्ने अवस्था आए पकड क्षेत्रसमेत गुमाउनुपर्ने अवस्था छ।
आन्दोलनको बलबाट प्राप्त उपलब्धीलाई कमजोर बनाउन संघीयताबारे भ्रामक दुस्प्रचार गरिएको सरोकारवालाले बताएका छन्। संघीयताले राज्य शक्तिको स्रोत संघ, प्रदेश र स्थानीय तहसम्म बांडफांड गरेकाले संघीयताको कार्यान्वयनमा तीनै तहका सरकार इमान्दार बन्नुपर्ने उनीहरुको भनाई छ।
बुटवलमा लामो समयदेखि अलपत्र ६ लेन सडक विस्तारको निर्माणलाई तीव्रता दिने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ। बुटवल उपमहानगरपालिकाको सहजीकरणमा सोमबार बुटवलमा आयोजित कार्यक्रममा निर्माण कम्पनी कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सनका प्रमुख अमित श्रेष्ठले बाँकी काम अघि बढाउने प्रतिबद्धता जनाएका हुन्।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता विरेन्द्र कनौडियाले साउन पहिलो साताभित्रै मन्त्रीहरु हेरफेर हुने ठोकुवा नै गरेका थिए। कनौडिया काठमाडौं बसेर सके मुख्यमन्त्री आफैं बन्ने नसके मन्त्रीसम्म भए पनि परिवर्तन गराउन पार्टी सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिए।