प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइए पनि प्रमुख प्रतिपक्षी एमाले भने अनुपस्थित छ।
संघीय संसद्मा जारी अवरोध अन्त्यका बारेमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले कोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ।
नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीलाई बागमती प्रदेशमा अढाई महिनाका लागि भए पनि सरकारको नेतृत्व दिन प्रस्ताव गरेकोप्रति काँग्रेस नेता शेखर कोइरालाले आपत्ति जनाएका छन्।
मन्त्रालय भागबन्डामा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ। दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्ने बैठकले कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो लगाउने भएको हो।