अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दाबी गरेका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन भएको छ। तीन वटा प्रदेशसभा क्षेत्रमा निर्वाचनबाट र एउटा प्रदेशसभा क्षेत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो।
नेपाली कांग्रेस ललितपुरको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। ललितपुर जावलाखेलस्थित स्टाफ कलेजमा बिहान ८ बजेबाट मतदान सुरु भएको निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश क्षेत्रको मतगणना भइरहेको बेला रुपन्देहीमा आक्रमण भएको छ। आक्रमण परि एक जना उम्मेदवारसहित पाँच जना घाइते भएका छन्।